काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले उपत्यकाका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाको नारायणटार र काठमाण्डौकै कागेश्वरी मनोहरा नगरपालिकास्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धीमोड तथा भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुण्डुमा मेगा बैंकको एक्सटेन्सन काउन्टरहरु सोमबारका दिनदेखि सञ्चालनमा आएका हुन्। एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु खोलिसकेको छ।
ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०६ वटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago