काठमाण्डौ । गत आर्थिक वर्ष २०७९/८० को बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा प्राधिकरणबाट पारित गर्नेमा मेट लाइफ इन्स्योरेन्स दोस्रो कम्पनी बनेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/२०८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्यांकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट पारित गरेसँगै सोही आर्थिक वर्षका लागि आफ्ना नयाँ बोनसदर सार्वजनिक गरेको छ । 

कम्पनीले विभिन्न बीमालेखहरुमा प्रतिहजार न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।कम्पनीले सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान) अन्तर्गत न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

कम्पनीको सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रतिहजार ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

कम्पनीले सबैभन्दा धेरै १ देखि १५ देखि वर्ष अवधिको यस बीमालेख ५  हजार ५ ६८  वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
यसका साथै शिक्षा संरक्षण जीवन बीमालेख (एजुकेशन प्रोटेशन प्लान) अन्तर्गत कम्पनीले न्युनतम ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ ।

१६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।कम्पनीले सबैभन्दा धेरै १६  देखि २०  वर्ष अवधिको यस बीमालेख मात्रै १६  हजार ५३४  वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ७० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा भने कम्पनीले न्युनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रतिहजार ६५ रुपैयाँ बोनसदर कायम गरेकोे छ ।
कम्पनीले सबैभन्दा धेरै १ देखि १५ वर्ष अवधिको यस बीमालेख १० हजार २८६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।