Nepal Investment Bank
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडले मेरुदण्डको पक्षघात भई अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि ह्वीलचेयर वितरण गरेको छ ।
काभ्रेको सांगास्थितस्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रले(स्पाइनल इञ्जुरी नेपालबाट संचालित) आयोजना गरेको विशेष कार्याक्रममा बैंकका नायव–महाप्रबन्धक रबिन सिजापतिले स्पाइनल इञ्जुरी संघ नेपाललाई १३ वटा ह्वील चेयर हस्तान्तरण गरे ।
नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संघसंस्था तथा देशका विभिन्न कला, संस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।
ह्वील चेयर हस्तान्तरणपछि नायव–महाप्रबन्धक सिजापतिले मेरुदण्ड पक्षघात भई अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि नेपाल इन्भेष्टमेण्ट बैंक सदैब तयार रहेको बताए ।
कार्यक्रममा स्पाइनल इञ्जुरी पुर्नस्थापना केन्दका अध्यक्ष प्रचण्ड श्रेष्ठले मेरुदण्ड पक्षघात भई अपाङ्ग हुन पुगेका व्यक्तिहरुमध्ये ९५ प्रतिशत आफै हिँडडुल गर्न असक्षम भएको बताउँदै वार्षिक रुपमा आवश्यक पर्ने ३०० वटा ह्वील चेयर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाबाट प्राप्त सहयोगबाट पूरा गर्ने कोशिश गरिरहेको बताए ।
आठलाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको हाल ७७ वटा शाखा तथा १०२ वटा एटिएम छन् भने सात वटा एक्सटेन्सन काउन्टर समेत रहेका छन् । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौवटा राजश्व संकलन केन्द्रका साथै बैंकको सञ्जालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago