काठमाण्डौ । अर्जेन्टिनी फुटबलर लियोनेल मेसीको क्रेज विश्व फुटबलमा झनै चुलिएको छ। मेसीको एउटा खेलमात्रै हेर्न अब समर्थकले ७८५ अमेरिकी डलर तिर्नुपर्ने भएको छ।
मेसी हाल इन्टर मायामी एन्ड लसएन्जल्स (एमएलएस) क्लबमा आबद्ध छन्। एमएलएसको आउँदो आइतबार हुने खेलको टिकट मूल्य ५२७ प्रतिशतले बढेर करिब ८०० डलर नजिक पुगेको हो। मेसी बिनाको खेलको टिकटको मूल्य भने १५१ डलरमात्रै रहेको छ।
यसरी टिकटको मूल्य बढ्नुमा मेसीको माग र समर्थक बढी हुनु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। खेल टिकट बिक्री गर्ने टिकपिक कम्पनीका सीईओ ब्रेट गोल्डबर्गले मेसीको खेल टिकटको मूल्य र माग स्थिर राख्ने प्रयास भइरहेको बताए। उनले आउँदो खेल अहिलेसम्मकै ठूलो हुने बताए।
मेसीको खेल टिकटमात्रै नभएर विश्व बजारमा उनको जर्सीको पनि उच्च माग र मूल्य रहेको छ। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago