काठमाण्डौ । कोरोनाभाइरसको बीच सीमित संख्यामा रेल सेवा सञ्चालन गरेको भारतले अब हवाई सेवा पनि सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि भारतको एभिएसन मिनिस्ट्रीले सम्बन्धित सबै सरोकारवालाहरुबाट स्ट्याण्डर्ड ओपरेटिङ प्रोसेसरका लागि सुुझाव मागेको छ ।
भारतमा व्यवसायिक उडान २५ मार्चबाट बन्द अवस्थामा रहेको छ । यही बीचमा एअर इन्डियाले १९ मेबाट आंशिक रुपमा घरेलुु उडान सुुचारु गर्ने भएको छ । पुुनः उडान सुचारु भए पनि अवस्था पहिले जस्तो भने हुुने छैन । हवाई सेवाको पुनः सुरुवात त हुनेछ, तर केही भिन्न नियमका साथ ।
१९ मे बाट २ जुन सम्म एअर इन्डियाको विशेष अभियान
एअर इन्डियाले भारतका विभिन्न क्षेत्रमा फसेका मानिसहरुलाई उनीहरुको गन्तव्यमा पुुर्याउनका लागि १९ मे बाट २ जुुनसम्म विशेष अभियान सञ्चालन गर्ने भएको छ । धेरैजसो उडान दिल्ली, मुुम्बई, हैदरावाद, बैंगलोर र चेन्नइमा केन्द्रीत हुनेछन् ।
कोच्चिबाट चेन्नइका लागि १९ मे मा एक उडान, दिल्लीका लागि १७३ उडान, मुुम्बइका लागि ४० उडान, हैदरावादका लागि २५ उडान र कोच्चीका लागि १२ उडान सञ्चालन हुुने कम्पनीले जनाएको छ । यसका लागि भारतको नागरिक उड्ययन मन्त्रालयको आदेशको प्रतिक्षा गरिरहेको अधिकारीहरुले बताएका छन् ।
विमानस्थलमा पुुग्नुु अगाडि पालना गर्नुुपर्ने नियमहरु
–उडान हुुनुुभन्दा करीब २ घण्टा अगावै विमानस्थल पुुग्नुुपर्ने व्यवस्था हुुनेछ ।
–सुुरुवाती चरणमा केवल वेब चेक इनलाई मात्रै अमुुमति प्रदान गरिनेछ ।
–यसका साथै यात्रुुहरुलाई टर्मिनल भवनमा प्रवेश गर्नुुअघि मास्क र पञ्जा लगाएर मात्रै प्रवेश गर्न दिने व्यवस्था हुुनेछ
टर्मिनलमा कस्तो हुुन सक्छ नियम ?
–विमानस्थलमा चेक इन काउन्टर डिर्पाचर भन्दा ३ घण्टा पहिले र उडान समयभन्दा सवा घण्टा पहिले बन्द गरिने छ ।
–इन्ट्री र बोर्डिङ पास गर्ने ठाउँमा थर्मल स्क्रिीनिङ राखिनेछ ।
–कोरोनाका लक्षण देखिएका र सेतुु एपमा हरियो संकेत नदेखिएका यात्रुहरुलाई विमानस्थल प्रवेश गर्न दिइने छैन ।
–विमानस्थलमा कोरोना संक्रमणको परीक्षणका लागि छुुट्टै कक्षको स्थापना हुुनेछ ।
–पहिलो चरणमा ८० वर्षभन्दा माथिका यात्रुुहरुलाई उडानको अनुुमति दिइने छैन ।
–यात्रुुहरुलाई कोरोना सम्बन्धी प्रश्नोत्तरहरुको जवाफ दिन लगाइनेछ । यसबाट उनीहरुको पुुरानो कोरोना हिस्ट्री र क्वारेन्टाइनमा बसे नबसेको जानकारी हासिल गरिनेछ । यदि कोही यात्रुु पछिल्लो एक महिना क्वारेन्टाइमा बसेको भए निजलाई अलग्गै परीक्षण गरिनेछ ।
–क्याबिन ब्यागेजको अनुुमति दिइने छैन ।
–सबै प्रकारको भुुक्तानी डिजिटल माध्यमबाट गरिनेछ ।
सुुरक्षा सम्बन्धी नियमहरु
–धेरै भिडभाड नहोस् भनेर यात्रुुहरुलाई ब्याच बनाएर पठाइनेछ ।
–यदि मेटल डिटेक्टरले बिप गरेन भने यात्रुुहरुको जाँच गरिने छैन ।
–पछिल्लो महिना क्वारेन्टाइनमा बसेका यात्रुुहरुका सुुरक्षा जाँचका लागि अलग्गै युुनिट खटाइनेछ ।
सेक्युुरिटी होल्ड एरियाको नियम
–मास्क र ग्लोब्स डिस्पोज गर्नका लागि पहेलो रंगको डस्टबीन प्रयोग गरिनेछ । बेला बेलामा पुुरै क्षेत्रलाई डिस्इन्फेक्ट गरिनेछ ।
बोर्डिङको नियम
–प्रस्थान हुुनुुभन्दा ६० मिनेट अगाडि बोर्डिङ हुुनेछ र उडान सुुरु हुुनुुभन्दा २० मिनेट अगाडि गेट बन्द हुुनेछ ।
–१०–१० को ब्याचमा बोर्डिङ हुुनेछ । इ–बोर्डिङ पासलाई सेल्फ स्क्रिीनिङ गरिनेछ ।
–बोर्डिङ गर्दा पछाडिबाट अगाडितर्फ सुुरु गरिनेछ ।
–बोर्डिङ गेटमा पनि थर्मल स्क्रिीनिङ जडान गरिनेछ ।
विमानभित्रका नियमहरु
–यात्रुुहरु आफ्नो सिटमा बसिसकेपछि उनीहरुलाई क्रूू मेम्बरहरुले सेनिटाइजर प्रदान गर्नेछन् ।
–यात्रुुहरुलाई अनावश्यक हलचल गर्न र पटक पटक शौचालय र वास बेसिन नजान भनिनेछ ।
–प्रत्येक एक घण्टामा शौचालयलाई सेनिटाइज गरिनेछ ।
–विमानभित्र खानाको व्यवस्था हुुने छैन, तर पानी भने उपलब्ध गराइनेछ ।
–सबै प्रकारको अन कोर्ड बिक्री रद्ध गरिनेछ ।
–यात्रुुहरुको शरीरको तापमान जाँच गरिनेछ ।
–यदि विमानभित्र कोही यात्रुुहरु संदिग्ध कारोना संक्रमितहरुलाई राख्नका लागि अन्तिमको ३ पंक्तिको सिटहरु खाली राखिनेछ ।
आगमनका हुँदाका नियमहरु
–सामाजिक दुुरी कायम राखी यात्रुुहरुको आवतजावत गराइनेछ ।
–आगमन हुँदा पनि सबै यात्रुुहरुको थर्मल स्क्रीनिङ गरिनेछ । कुुनै शंकास्पद यात्रुुहरु देखिए उनीहरुलाई स्वास्थ्य अधिकारीहरुलाई बुुझाइनेछ ।
ब्यागेज कलेक्सनका नियमहरु
–केरसेल क्षेत्रको नजिक सामाजिक दुुरीको लागि मार्किङ गरिनेछ । आगमन हँुुदा यात्रुुहरुको सामानहरुलाई डिस्इन्फेक्ट गरिनेछ ।
–सामानहरुलाई भिन्दा भिन्दै राखिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago