काठमाण्डौ । अहिले विश्वमा कोरोना वेभ चलेको छ । भारतमा केही वर्षदेखि मोदी वेभ चलेको थियो ।
सन् २०१४ मे २६ मा नरेन्द्र मोदीले पहिलोपटक प्रधानमन्त्री पद सम्हालेका थिए । त्यहाँका जनताले उनीबाट निकै ठूलो आशा पनि गरेका थिए । जनताको आशाबमोजिम मोदीले देशको आर्थिक स्थितिमा सुधारका लागि थुप्रै ऐतिहासिक निर्णय पनि गरे । यी निर्णयका आधार देशको आर्थिक अवस्थासँगै सेयरबजारमा निकै उछाल पनि आएको थियो ।
भारतीय सेयरबजारमा लगानीकर्ता बढ्दै गएका थिए । तर कोरोनाको वेभको अगाडि उनको सबै वेभ अहिले कमजोर बनेका छन् । मोदीद्वारा ६ वर्षमा गरिएको सबै सुधारका काम अहिले खरानी बराबरको अवस्थामा पुगेको छ ।
सन् २०२० जनवरी २० सम्म उच्च थियो सेन्सेक्स
सन् २०१४ मे २६ मा सेन्सेक्स २४ हजार ७१६ को विन्दुमा बन्द भएको थियो । ६ वर्षपछि सन् २०२० जनवरी २० मा सेन्सेक्स ४२ हजार २७३ को विन्दुमा परेको थियो । जुन अहिलेसम्मकै उच्च हो । तर आज भारतकै इतिहासमा सबैभन्दा बढी ३ हजार ९३४ अंकले घट्दै २५ हजार ९८१ को विन्दूमा झरेर बन्द भएको छ । आज सेयरबजारमा १३.१५ प्रतिशतको भारी गिरावट आएको छ ।
मार्चमा सेन्सेक्स १२ हजार ३१६ अंकको गिरावट
मार्च महिनामा मात्र पछिल्लो १५ कारोबार दिनमा सेन्सेक्समा १२ हजार ३१६ को गिरावट आइसकेको छ । जब कि अप्रिल २८ सम्म सेन्सेक्स ३८ हजार २९७ विन्दुमा झरेर बन्द भएको थियो ।
मंगलबार बजार खुलेको एक घन्टामै लगानीकर्ताले भारु १० लाख करोड रुपैयाँ गुमाए । सेन्सेक्समा पनि ३ हजार अंकको गिरावट देखियो ।
मार्चमा विदेशी लगानीकर्ताले भारु १ लाख करोड निकाले
मार्च महिनामा विदेशी पोर्टफोलियो लगानीकर्ताले भारु १ लाख करोड रुपैयाँ सेयर र बन्ड बजारबाट निकालेका छन् ।
कोरोना अहिले दोस्रो चरणमा रहेको छ । भारतमा २१ दिन लामो लकडाउनको घोषणा गरिएको छ । यसले सेयरबजारमा अझै गिरावट आउने पक्का छ । ब्रोकरहरुले वर्क फ्रम होम नीतिको अवलम्बन गरिसकेका छन् ।
लगानीकर्ताको भारु ४६ लाख करोड डुब्यो
जनवरीमा जब भारतीय सेयरबजार उच्च स्तरमा थियो तब बीएसई (बम्बई स्टक एक्सचेन्ज)मा सूचीकृत कम्पनीको कुल मार्केट क्यापिटलाइजेसन(बजार पूँजीकरण) भारु १५९.२८ लाख करोड थियो । १३ मार्चमा ३८ कारोबारी सत्रमा यो घटेर भारु ११३.४९ लाख करोडमा झरेको छ । यसको मतलब लगानीकर्ताको करिब भारु ४६ लाख करोड रुपैयाँ स्वाहा भएको छ ।
– एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago