काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा मोरंगको पथरी बजारमा आफ्नो ८० औं शाखा स्थापना गरी कारोबार थालेको छ । 

एक समारोहका बीच पथरी शनिश्चरे नगरपालिकाको वडा नं ०१, पथरी बजारमा स्थापित शाखाको चैत २० गते उद्घाटन गरियो ।

बैंकका संचालक बलराम बराल र प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए । 

सीइओ बस्नेतले उक्त शाखाको समुद्घाटन कार्यक्रममा बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रवद्र्धनलाई अझ तीव्रताका साथ अघि बढाइने जानकारी गराए ।