काठमाण्डौ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा मोरङ्ग जिल्ला सुन्दर(हरैंचा नगरपालिकाको वडा नं १२, विराटचोकमा चैत २१ गते आफ्नो ८१ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक बलराम बराल र प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले सो शाखाको कारोबार शुभारम्भ गरेका थिए । 

प्रमुखकार्यकारी अधिकृत बस्नेतले सो शाखाको समुद्घाटन कार्यक्रममा बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रवद्र्धनलाई अझ तीव्रताका साथ अघि बढाउन बृहत शाखा विस्तार गरेको तथा सोही कार्यक्रममा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा प्रकाश पारेका थिए ।