काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले मोरङको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा औपचारिक रुपमा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठले एक समारोहका बीच सोमबार संयुक्त उद्घाटन गरेका हुन् ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी खाताबाट रु. १७ अर्व ८६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणिमार्फत रु. १५ अर्ब १५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।