काठमाण्डौ । अनलाइन बैकिङ प्रविधिले दिएको उपहार वा सुविधा हो । तर के यो सुरक्षित छ वा हुन्छ त ? धेरै हदसम्म यो सुरक्षित हुन्छ वा छ भन्ने जवाफ आउन सक्ला । तर हामीले जान–अञ्जानमा केही यस्ता गल्ती गरिदिन्छौ, जसका कारण हाम्रो बैकिङ डिटेल्स चोरी भइदिन्छ  र हामीले यसको निकै महङ्गो मूल्य चुकाउनुपर्छ । हामी आज तपाईंलाई ती ५ गल्तीको बिषयमा बताउन गइरहेका छौ, जसबाट बचेर तपाईले सुरक्षित अनलाइन बैकिङको काम गर्न सक्नुहुन्छ । साथै, यी गल्तीबाट बचे तपाईंको बैकिङ डिटेल्स हराउने डर पनि हुँदैन । 

पासवर्ड सेयर नगर्नुहोस्
धेरैजसो मानिस पासवर्ड सेयर नगर्ने टिप्सलाई निकै हलुका ढंगले लिने गर्छन् । तर तपाईंले यो  टिप्सलाई निकै गम्भीरतापूर्वक लिन आवश्यक हुन्छ । आफ्नो पासवर्ड सेयर नगर्ने कुरासँग यो कुरा पनि सामेल हुन्छ कि तपाईं एक वा त्यो भन्दा बढी वेबसाइटमा त्यही पासवर्ड प्रयोग गर्नुहुन्छ वा हुँदैन । प्रत्येक साल कुनै न कुनै बेला यस्ता घटनाहरु आइरहेको हुन्छ कि कुनै पनि वेबसाइटको सेक्युरिटी फिचर्स बलियो नभएका कारण पासवर्ड लिक भइदिन्छ । यदि यसमा तपाईको बैकिङ पासवर्ड छ भने तपाईलाई यसले ठूलो समस्यामा पारिदिन सक्छ । 

अटो लगइनको प्रयोग नगर्नुहोस्
यदि तपाईंको स्मार्टफोन चोरी हुन्छ भने अटोलगिन तपाईंका लागि दुर्भाग्य बनिदिन सक्छ । यसबाट बच्नका लागि तपाईं जब–जब मोवाइल बैकिङ प्रयोग गर्नुहुन्छ, हरेक पटक लगइन गर्नुहोस् र काम सकेपछि प्रत्येक पटक लगआउट गर्न पनि नभूल्नुहोस् । यो प्रक्रियामा भलै तपाईंलाई केही समय लाग्ला, तर तपाईको सबै डाटाहरु सुरक्षित हुन्छ । पेपल जस्ता क्षेत्रमा पिनको प्रयोग गर्ने अप्सन हुन्छ, खासगरी त्यस्ता प्रयोगकर्ताका लागि जो लगइन गर्न मन पराउदैनन् । यो अप्सनलाई प्रयोग गर्ने क्रममा यो कुरा ध्यानमा राख्नुपर्छ कि तपाईको फोन पासवर्ड प्रोटेक्टेड हो या होइन ?

एप्सलाई आफ्नो बैंक अकाउण्टसँग नजोड्नुहोस्
हिजोआज कयौं तेश्रो पक्षबाट निर्मित बैकिङ एप्सहरु उपभोक्तामाझ लोकप्रिय भइरहेका छन् । यस्ता बैकिङ एप्सहरुले तपाईंलाई केही हदसम्म सुविधा दिने कुरा सत्य हो, तर यिनकै कारण तपाई अप्ठ्यारोमा पनि फस्न सक्नुहून्छ । तपाई आफ्नो प्राइमरी मोवाइल बैकिङ एपबाट जति धेरै एप्स कनेक्ट गर्नुहुन्छ, तपाईंको बैकिङ डिटेल्स चोरी हुने खतरा उति नै बढ्छ । जबसम्म थर्ड पार्टी बैकिङ एप्स तपाईलाई अत्यावश्यक हुन्न, तबसम्म यस्ता एप्समा आफ्नो बैंक अकाउण्ट लिंक गर्ने भूल नगर्नुहोस् । 

पब्लिक वाईफाइ प्रयोग नगर्नुहोस्
प्राइभेट बैकिङका लागि तपाई भूलेर पनि पासवर्ड फ्रि गरिएका सार्वजनिक स्थानका वाइफाइ प्रयोग नगर्नुहोस् । कुनै पनि नेटवर्क पासवर्डले सुरक्षित गरिएको छैन भने त्यस्तो नेटवर्कको इन्टरनेट प्रयोग गरेर तपाईं भूलेर पनि मोवाइल बैकिङको सेवा नचलाउनुहोस् । यदि तपाईंलाई तत्काल मोवाइल बैकिङको जरुरी पर्छ भने बरु मोवाइल डाटा प्रयोगमा बढी जोड दिनुहोस्, यसबाट तपाईको अकाउण्ट सुरक्षित हुनेछ । 

सेक्युरिटी एपबिना मोवाइल बैकिङ नगर्नुहोस्
यदि तपाईं फोनबाट अनलाइन बैकिङ गरिरहनुभएको छ भने स्मार्टफोन सेक्युरिटी एप्स जरुरी हुन्छ । यसले यदि तपाईंको फोन चोरी भयो भने पनि तपाईंलाई सुरक्षा मिल्छ । यति मात्र होइन, तपाईंको नेटवर्क भन्दा बाहिर कतै चोरिएको फोन साइन इन भयो भने सेक्युरिटी एपले तपाईलाई पूर्ण सुरक्षा प्रदान गरिदिन्छ । जस्तो ः तपाईं कफी सप जानुभन्दा पहिला एक एप बन्द गर्न भुल्नुभयो । यस्तोमा यदि तपाईंको फोन चोरी भयो भने ट्रयाकिङ सफ्टवेयरले तपाईंको फोनलाई लोकेट गर्न मात्र सहयोग गर्दैन, बरु यसले तपाईंको फोनको हार्ड ड्राइभ समेत सफा गरिदिन्छ । जसका कारण तपाईंको बैंक अकाउण्टमा चोरले कुनै पनि क्षति पुर्याउने मौका पाउदैन ।