काठमाण्डौ । आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमबीच बुधबार एक समझदारी भएको छ । यसले नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्नका लागि आधारशीला तयार गर्नेछ । 

साझेदारी हस्ताक्षर समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल, नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्दराज खनाल, डिएफआईडी नेपालका आर्थिक विकास समूह प्रमुख गारेथ विअर, नेपाल बैंकर्स एशोसियनका अध्यक्ष अनिलकेशरी शाह र सक्षमका समूह प्रमुख बलजित बोहोरा लगायतको सहभागिता थियो । 

यस साझेदारीले हाल नेपालभरि आईएमईको विप्रेषण सेवा लिइरहेका ६ लाख बढी घरपरिवारका उपभोक्ताहरू तथा रेमिटेन्स सञ्जाल बाहिरका उपभोक्ता तथा गैर–रेमिटेन्स क्षेत्रलाई समेत मोबाइलमा आधारित वालेटको सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यस अभियानमार्पmत् आईएमईले वित्तीय सेवाबाट बञ्चित नगरोन्मुख/ग्रामीण क्षेत्र, न्यून बैंकिङ सेवा पाएका र बैंकिङ सेवाबाट बञ्चित समुदायसम्म पुग्नका लागि मोबाइल नेटवर्क सञ्चालकहरू, आफ्नै रेमिटेन्स एजेन्टहरू, वाणिज्य बैंकहरू, शाखारहित बैंकिङ सेवाका एजेन्ट र मर्चेन्टहरूसित साझेदारी गर्नेछ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले यसप्रकारको नवीन विद्युतीय भुक्तानी प्रणालीको सुरुवातले वार्षिक झण्डै ५० अर्बसम्म सरकारी राजश्व बढाउने उल्लेख गर्दै आर्थिक पारदर्शिता वृद्वि गर्न सहयोगी बन्ने दाबी गरे । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न यस्तो भुक्तानी प्रणाली निक्कै प्रभावकारी हुने भन्दै गभर्नर नेपालले नेपाल राष्ट्रबैंकले यस्तो नवीनतम कार्यमा पूर्ण सहयोग गर्ने वचनवद्वता व्यक्त गर्दै नेपाल दूरसंचार प्राधिकरणले पनि त्यस्तै सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

आईएमईको रेमिटेन्स सेवाको सफलतासँग तुलना गर्दै आईएमई समूहका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले देशविदेशमा बस्ने नेपालीहरूका बीचमा रकम ट्रान्सफर गर्ने सेवालाई आईएमईले आफ्ना एजेन्ट र साझेदारहरूमार्पmत जसरी बैधानिक रूपमा मार्गप्रशस्त गर्न सफल भएको थियो, त्यसरी नै युकेएड सक्षमको सहकार्यले यो नयाँ डिजिटल वित्तीय सेवामार्पmत् बैंक तथा वित्तीय सेवा उपलब्ध भएका क्षेत्रमा मात्र नभई सो भन्दा बाहिर रहेका जनतालाई समेत सूत्रबद्ध गरी यो सेवा सबैका हातहातमा पुर्याउने लक्ष्य हासिल गर्न सहयोग हुने विश्वास व्यक्त गरे ।

आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकालले नेपालका ग्रामीण क्षेत्रहरूमा हालसम्म बैंक तथा वित्तीय क्षेत्रको सेवा पर्याप्त मात्रामा पुग्न नसकिरहेको अवस्थामा पनि अधिकांश नेपालीका हातहातमा मोबाइल फोन पुगिसकेको उल्लेख गर्दै मोबाइल फोन मार्पmत प्रदान गरिने यो डिजिटल वित्तीय सेवा आज संसारका अन्य विकसित मुलुकहरूमा जसरी प्रभावकारी र लोकप्रिय भएको छ, त्यसैगरी नेपालको पनि खास गरी ग्रामीण क्षेत्रका बैंक र वित्तीय क्षेत्रको पहुँच पुग्न नसकेका जनताका बीचमा प्रभावकारी र लोकप्रिय हुने दाबी गरे ।

सक्षमका समूह प्रमुख बलजित बोहराले देशव्यापी रूपमा एउटा सम्पूर्ण मोबाइल वित्तीय सेवा सुरुवात गर्नका लागि नीति–निर्माताहरू, नियामक निकायहरू, बहुराष्ट्रिय संस्थाहरूका साथै बजारमा सव्रिmय निकायहरूसित अहोरात्र खटिरहेका उल्लेख गर्दै यसभित्र एकैसाथ रकम ट्रान्सफर, बिल भुक्तानी, खाता खोल्ने, रकम जम्मा गर्ने तथ अन्य बैङ्किङ र बिमा सम्बन्धी सेवाहरू उपलब्ध हुने बताए । उनका अनुसार देशभरिका ८ लाख बढी पर्याप्त वित्तीय सेवा पाउन नसकेका उपभोक्तासम्म यो प्रविधि पुुग्नेछ । 

डिएफआईडी नेपालका आर्थिक विकास समूह प्रमुख गारेथ विअरले आफ्ना कुरा राख्दै भने–‘हामीले हाम्रा कार्यव्रmम कार्यान्वयन गर्ने साझेदार युकेएड सक्षम (संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यव्रmम)लाई मोबाइलमा आधारित वित्तीय सेवाका क्षेत्रमा नयाँ नमूना प्रस्तुत गर्न यस क्षेत्रका प्रतिबद्ध साझेदारहरूसँग नयाँ साझेदारी गरी छिटो केही उपलब्धी हासिल गर्नका लागि चुनौती नै दिएका छौँ । हामीले आज साक्षात्कार गरेको यो साझेदारीको सुरुवात सही दिशातिर बढेको सङ्केत हो । विप्रेषण कम्पनीको महत्वलाई आँकलन गरेर नेपालमा मोबाइलमा आधारित वित्तीय सेवा शुभारम्भ गर्नका लागि विप्रेषण कम्पनीहरू (तथा तिनका एजेन्टहरूको व्यापक सञ्जाल)को उपयोग गर्नु आपैmमा रचनात्मक तरिका हो ।”

आईएमई डिजिटल सोलुसन लिमिटेड आईएमई ग्रुपको सहायक कम्पनी हो । यस कम्पनीले मोबाइलमा आधारित वित्तीय सेवा अर्थात् मोबाइल वालेट सेवा आरम्भ गरी पर्याप्त बैङ्किङ सेवा÷बैङ्किङ सेवा पाउन नसकेका नेपालका जनतासम्म वित्तीय पहुँच पु¥याउनुका साथै नेपालको वित्तीय समावेशीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुुर्याउने लक्ष्य लिएको छ । 

‘सक्षम’ वित्तीय क्षेत्रमा पहुँच सम्बन्धी संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित कार्यव्रmम हो । डिएफआईडी नेपालका लागि लुईस बर्जरद्वारा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसितको सहकार्यमा यसको कार्यान्वयन भइरहेको छ ।