काठमाण्डौ । यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत दोस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही मोहेदिन मिया ठकुरीले प्राप्त गरेका छन् ।
सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा कतारस्थित कतार युएईबाट नेपालमा पैसा पठाउने ठकुरी भाग्यशाली विजेता छनोट भएका हुन् ।
भाग्यशाली विजेता ठकुरी वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छलाख बराबरको जीवन बीमा प्राप्त गर्ने आइएमईले जनाएको छ ।
यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राही मूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’मा ९०० सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेका बताइएको छ ।
मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालन हुने सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउने सेवाग्राहीमध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago