काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज आइतबार नै सार्वजनिक गर्ने सम्भावना रहेको छ।
राष्ट्र बैंक स्रोतका अनुसार सम्भवतः आजै मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक हुनेछ। ‘बोर्ड बैठक बस्न बाँकी छ, अरु सबै काम सकिएको छ’, स्रोतले भन्यो, ‘बोर्ड बैठकबाट समीक्षा पारित भएलगत्तै सार्वजनिक गरिनेछ।’
यदि आज समीक्षा नआए भोलि सोमबार भने पक्कै सार्वजनिक हुने स्रोतको भनाइ छ।
स्रोतका अनुसार मौद्रिक नीतिको पहिलो समीक्षा गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल माध्यमबाट गर्ने सम्भावना छ। ‘पत्रकार सम्मेलन गरेर समीक्षा सार्वजनिक हुने छैन’, स्रोतले भन्यो, ‘समीक्षा सार्वजनिक भएपछि बरु पत्रकार सम्मेलन हुन सक्ला।’
मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत बैंकहरुको ब्याजदरलाई थप बढ्न नदिने तथा केही नीतिगत व्यवस्थामा फेरबदल हुुनसक्ने स्रोत बताउँछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19