काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। यसका लागि अहिले राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड)को बैठक बसिरहेको छ। 

मौद्रिक नीतिमाथि छलफल गर्न बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको सञ्चालक समितिको एक सदस्यले जानकारी दिए। उनका अनुसार गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार साँझ सञ्चालक समितिको बैठक आइतबार बिहान डाकेका थिए। 

राष्ट्र बैंकको बोर्ड बैठकले मौद्रिक नीति पारित गरेपछि सार्वजनिक गरिने ती सञ्चालकले जानकारी दिए। ‘आज दिउँसोतिर मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम छ’, ती सञ्चालकले भने। 

अहिले पुँजीबजारका लगानीकर्तादेखि अन्य उद्योगी–व्यवसायीको ध्यान मौद्रिक नीतिमा रहेको छ।