काठमाण्डौ । नेपाल राष्ट्रबैंकले असार २७ गते मौद्रिक नीति ल्याउने भएको छ ।
राष्ट्रबैंकले बिहीबार वाणिज्य बैंकका अध्यक्ष र सीइओलाई छलफलका लागि बोलाएर यस्तो जानकारी गराएको हो ।
मौद्रिक नीति २७ गते आउने गभर्नर साबले बताउनुभयो । एक बैंकका अध्यक्षले बिजशालासँग भने ।
यसपटकको मौद्रिक नीतिमार्फत राष्ट्रबैंकले बिग मर्जरको नीतिलाई विशेष प्राथमिकता दिनेछ । बिहीबारको छलफलमा समेत केन्द्रीय बैंकका अधिकारीहरुले यो विषयमा प्रष्ट संकेत गरेका बैंकरहरुको बुझाई छ ।
बैंकहरुलाई २० गतेभित्र आफ्ना लागि उपयुक्त पार्टनरको नामसहित मर्जरका लागि लिखित प्रतिबद्धता पठाउन भनेको छ । मर्जरको पार्टनर आफैं खोज्न नसक्ने बैंकको हकमा भने राष्ट्रबैंक कडा रुपमा प्रस्तुत हुने देखिएको छ । राष्ट्रबैंकले बैंकहरुको नाम नै तोकेर फोर्स मर्जरमा लैजाने स्रोतहरु बताउँछन् ।
यस्तै, यसपटकको मौद्रिक नीतिमार्फत बैंकिङ प्रणालीको वित्तीय स्थायीत्व, तरलता समस्याको समाधान लगायतका विषयमा समेत महत्वपूर्ण नीतिगत व्यवस्था हुनसक्ने अनुमान गरिएको छ ।
सरकारले बजेटमार्फत घोषणा गरेको सुनचाँदीजस्ता बहुमूल्य धातुलाई निक्षेपको रुपमा बैंकमा जम्मा गर्न सकिने विषयमा समेत नीतिगत व्यवस्था हुनेछ । यस्तो निक्षेप नेपालका लागि नौलो कार्यक्रम हो ।
सरकारले लिएको साढे ८ प्रतिशतको वृद्धिदरको लक्ष्य पूरा गर्नेतर्फ मौद्रिक नीति तयार भइरहेको राष्ट्रबैंक स्रोतले जानकारी दिएको छ । मौद्रिक नीतिले ६ प्रतिशतको सीमाभित्र मुद्रास्फितिलाई ल्याउने गरिको नीतिगत व्यवस्था समेत गर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago