काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीति आज शुक्रबार दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ।
नेपाल राष्ट्र बैंकले आवश्यक पूर्वतयारीहरु पूरा गरी मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो। मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नेछन्।
मौद्रिक नीति सार्वजनिक गर्नुअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको थियो। सोही बैठकले मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएलगत्तै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो। तर, ओली सरकार ढलेसँगै मौद्रिक नीति आउन ढिलाइ भएको थियो।
शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि अर्थमन्त्रीको ग्रिन सिग्नल कुरेर बसेका गभर्नर महाप्रसाद अधिकारीले अघिल्लो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने बताएका थिए। तर, राष्ट्र बैंकका बहुमत सञ्चालकहरुले नयाँ सरकारले ल्याउने अर्थतन्त्रको श्वेतपत्र कुर्नुपर्नेमा जोड दिएपछि उनी पुनः पछाडि हटेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago