काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार बिहान १०ः१५ मा हुने भएको छ।

नेपाल राष्ट बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा ल्याउन लागेको हो। 

राष्ट्र बैंकले भर्चुअल ९जुम० मार्फत मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्नेछ। 

उद्योगीव्यवसायी, बैंकर, सेयर बजारका लगानीलगायत सबै सरोकारवालाले मौद्रिक नीतिको त्रैमासिक समीक्षाको प्रतीक्षामा छन्। विशेषगरी सेयर बजारका लगानीकर्ताहरु अहिले मौद्रिक नीतिको त्रैमासिक समीक्षा व्यग्र प्रतीक्षामा छन्। 

चालु् आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको सीडी रेसियो र सेयर धितो कर्जाको ४–१२ को क्यापमा परिमार्जन वा लचकता होला वा नहोला भन्ने चासोको विषय बनेको छ। यही सीडी रेसियो व्यवस्थाले तरलता संकट चुलिएको र सेयर धितो कर्जाको सीमाले सेयर बजारमा गिरावट आएको जानकारहरु बताउँदै आएका छन्।