– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी सुरु गरेको छ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठन, व्यवसायीहरुको छाता संगठन, महासंघलगायत अन्य सरोकारवालासँग सुझाव लिने कार्य तीव्र गतिमा अघि बढाएको छ।
राष्ट्र बैंकका उच्च स्रोतका समीक्षाको फाइनल ड्राफ्ट सञ्चालक समितिबाट पारित भएपछि गभर्नरबाट मौद्रिक नीतिको समीक्षा केही दिनमै सार्वजनिक हुने बताए। ‘ढिलोमा दुई–चार दिन लाग्ला। तर, अर्धवार्षिक समीक्षा भएकाले अहिलेसम्म त्यति ठूलो परिवर्तन हुने निर्णय भने भएको छैन’, उच्च स्रोतले भन्यो, ‘सुझाव लिने र छलफलको कार्य भने जारी छ।’
ठमेल पर्यटन विकासका पूर्वअध्यक्ष डा. रामशरण थपलियाका मौद्रिक नीतिको बनाउँदा होस् वा समीक्षा दिने बेला आफ्नो सुझाव दिनु अर्थहीन र समयको बर्बादीमात्र हुने बताउँछन्। थपलिया भन्छन्, ‘पहिला–पहिला मौद्रिक नीति आउँदा होस् वा समीक्षा हुँदा सबै नागरिकले चासोको साथ लिन्थे। तर, अहिले हामीले जति सुझाव दिए पनि केही कार्यान्वयन हुँदैन।’
‘भिजिट नेपाल २०२० लाई टार्गेट गरेर धेरै बैंक तथा वित्तीय संस्थाबाट लोन लिएर व्यवसायीहरुले पर्यटन व्यवसाय सुरु गरे। तर कोरोनाले गर्दा व्यवसाय नै ठप्प भयो’, थपलिया भन्छन्, ‘ब्याजदर नै तिर्न नसके पछि व्यवसाय नै धराशायी अवस्थामा पुगेको छ। व्यवसाय नै डुब्ने अवस्थामा पुगेको छ। त्यसैले मौद्रिक नीति बनाउँदा होस् वा समीक्षा गर्दा त्यस्ता व्यवसायीहरुको अवस्था हेरेर नीति ल्याउन अत्यावश्यक छ। तर यहाँ कार्यान्वयन कम सुझाव लिने कार्य बढी हुन्छ।’
‘कुनै बेला मैले अध्ययन गरेर ७२ वटा सुझाव दिएको थिएँ’, थपलिया भन्छन्, ‘तर, कार्यान्वयनमा भने केही आएन। मिटिङमा आफ्नो सल्लाह र सुझाव राखेर ढोकाबाहिर निस्केपछि दिएका सल्लाह सबै बिर्सिने गरेका छन्। त्यसैले सल्लाह सुझाव दिनुको कुनै औचित्य छैन।’
अहिले सबै व्यवसायीहरु मर्कामा परेको अवस्था छ। पर्यटन व्यवसाय त झनै ठप्प छ। ‘व्यवसायीहरु रुनमात्र सकेका छैनन्’, थपलियाले भने, ‘व्यवसायीहरुसँग अहिले घर चलाउने, आफ्नो बाल–बच्चा पढाउने, व्यवसाय चलाउने, ऋण तिर्न, न त कर्मचारीलाई नै पैसा तिर्ने अवस्था छ। मौद्रिक नीति, बजेट साथै आर्थिक नीतिहरू आउँदा एक दिन भाषण दिने काम हुन्छ। भोलिबाट कार्यान्वयन भने शून्य हुन्छ।’
संकटको बेला व्यवसायमैत्री हुनुपर्नेमा बैंक तथा वित्तीय संस्थाहरुमात्र नभएर राष्ट्र बैंक पनि व्यवसायमैत्री नभएको अवस्था रहेको थपलियाको आरोप छ। ‘व्यवसायीहरुको छाता संगठन पनि खासै नबोलेको देखिन्छ। बोलेका संगठनहरुको माग नै सुनवाइ हुँदैन’, थपलियाले भने।
‘सरकारले सर्टिफिकेटमा लोन दिन्छु भन्यो कसले पायो त त्यो लोन ?’, प्रश्न गर्दै थपलियाले भने, ‘सरकारका साथै बैंक तथा वित्तीय संस्थाहरु अहिलेसम्म आमनागरिक र व्यवसायीको हितमा नभएको देखिन्छ। यो परिवर्तन नभएसम्म नेपाली अर्थतन्त्रले ठुलो फड्को नमार्ने देखिन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago