– रेखा चन्द
काठमाण्डौ । चालुु आर्थिक वर्ष २०७८/७९ सकिन अब ५ दिनमात्रै छ। यो बेला नेपाल राष्ट्र बैंकलाई भने आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउन विभिन्न क्षेत्रका सुुझावहरु संकलन गर्न भ्याइनभ्याइ छ।
साउनको पहिलो साताभित्रै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक छ। राष्ट्र बैंकको आर्थिक अनुुसन्धान विभागले निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, विज्ञ, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाले बुुझाएको सुुझाव ड्राफ्ट गरिरहेको छ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल साउनको पहिलो साता नकट्ने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताउँछन्। ‘आर्थिक अनुसन्धान विभागले सुुझाव ड्राफ्ट गरिसकेपछि व्यवस्थापन टिममा जान्छ र त्यो टिमले अघि बढाएपपछि सञ्चालक समितिमा जान्छ’, उनले भने, ‘सञ्चालक समितिले पास गरेकै दिन राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्छ।’
यता गर्भनर महाप्रसाद अधिकारीले पनि साउनको पहिलो साता नै मौद्रिक नीति ल्याइने बताउँदै आएका छन्। उनले गत वर्षहरुमा आएको जस्तो मौद्रिक नीति नआउने र यस वर्ष कसिलो खालको नीति आउने सार्वजनिक कार्यक्रममार्फत बताउँदै आएका छन्। महँगीलाई नियन्त्रण गर्न बैंक ब्याजदर बढ्नेतर्फ पनि अधिकारीले संकेत गरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19