काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति शुक्रबार ल्याउने भएको छ।

बिजशालासँगको कुराकानीमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिने बताएका हुन्। शुक्रबार कुन समयमा मौद्रिक नीति आउँछ भन्नेमा भने टुंगो लागिसकेको छैन। 

मौद्रिक नीति ल्याउन सम्पूर्ण तयारी पूरा भइसकेको गभर्नर अधिकारीले जानकारी दिए। ‘शुक्रबार मौद्रिक नीति ल्याउँछौँ’, उनले भने।