काठमाण्डौ। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले भारी वर्षाका कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट अतिप्रभावित स्थानीयलाई राहात प्रदान गरेको छ।
सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत बैंकको गण्डकी प्रदेशका प्रबन्धक विभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाले एक कार्यक्रमबीच जिल्ला समन्वय समिति म्याग्दीका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत प्रभावित स्थानीयलाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरेका हुन्। कार्यक्रममा प्रहरी नायब उपरीक्षक किरणजंग कुँवर र बैंकको जलजला शाखाका प्रबन्धक दिलेश अर्याल पनि उपस्थित थिए।
बैंकले उपलब्ध गराएका पालहरूमा एउटा पालमा १० जनासम्मले आश्रय लिन सक्छन्। पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर यो सहयोगको हात बढाएको हो।
पहिरोपीडितहरूलाई सहयोग पुर्याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये नेपाल इन्भेस्टमेन्ट बैंक पहिलो संस्था हुन पाउँदा गर्व अनुभूति भएको बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago