काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ नारच्याङमा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ।
जिल्लाको हिमाली भेगमा सञ्चालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहकी अध्यक्ष नीरमाया पुन गुरुङले गरेकी थिइन्। लक्ष्मण आचार्यद्वारा सञ्चालित कार्यक्रममा अध्यक्ष गुरुङले पिछडिएको पहाडी र हिमाली भेगमा गरिने यस किसिमको कार्यक्रमले आममानिसमा बीमा प्रतिको जानकारी र आकर्षण बढ्ने बताए। २६ जनाको सहभागिता रहेको कार्यक्रममा महालक्ष्मी लाइफको धवलागिरी क्षेत्रीय प्रमुख जमुना आचार्यले बीमासम्बन्धी प्रशिक्षण दिएकी थिइन्।
महालक्ष्मी लाइफले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम गत वर्ष २०७८ असोजबाट सञ्चालनमा ल्याएको थियो। बीमा जागरण राष्ट्रिय अभियानको यो कार्यक्रम २०७८ चैतसम्ममा ८० भन्दा बढी स्कुल कलेज र स्थानीय स्तरमा संचालन भइसकेको छ। पहिलो चरणको बीमा जागरण कार्यक्रम धेरै प्रभावकारी भएकोले छिट्टै यससम्बन्धी नयाँ कार्यक्रम लिएर आउन लागेको कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19