काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले सेयरधनीका लागि निश्कासन गरेको १० बराबर ४ कित्ताको अनुपातको हकप्रद भर्ने म्याद थप गरेको छ । 

यो बैंकले एकसय रुपैयाँ अंकित दरको १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता हकप्रद निश्कासन गरेको थियो । हकप्रद खरीदका लागि साउन १६ देखि भदौ १८ गतेसम्मको समय दिइएकोमा सेयरधनीको हितलाई ध्यानमा राखी १५ दिनका लागि म्याद बढाइएको बैंकले प्रष्ट्याएको छ । 

तोकिएको अवधिमा सबै सेयरहरु खरीदका लागि आवेदन नपरेपछि म्याद थप्नुु परेको बैंक स्रोतले जनाएको छ । १५ दिनको म्याद थप भएपछि अब सेयरधनीले असोज २ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

सेञ्चुरीको हकप्रद निश्कासनका लागि सिभिल क्यापिटल मार्केट लिमीटेडले निश्कासन र बिक्री प्रबन्धक नियुक्त भएको छ । सेयरधनीले बिक्री प्रबन्धकको काठमाण्डौको सुन्धारास्थित मुख्य कार्यालय र सेञ्चुरी बैंकको मुख्य तथा शाखा कार्यालयमा गएर हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।