काठमाण्डौ। चीन सरकारले ल्याएको नयाँ नियम तथा कानुनका चिनियाँ टेक कम्पनीहरुको सेयरमूल्यमा भारी गिरावट आएको छ। जसका कारण मंगलबार एकैदिन चिनियाँ टेक कम्पनीहरुले ५० बिलियन अमेरिकी डलर गुमाएका छन्।

हङकङस्थित चिनियाँ टेक कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको हो। यसअघि अमेरिकी सेयर बजारमा सूचीकृत चिनियाँ कम्पनीहरुको सेयरमूल्यमा पनि गिरावट आएको थियो। 

चीनको नियामक नियकाले ग्राहकलाई सही तथ्यांक नदिएको र गलत सूचना दिएर उत्पादन बिक्री गरेको आरोपमा टेक कम्पनीहरुका लागि नयाँ नियम ल्याएको छ। नयाँ नियमबाट चीनको सबैभन्दा ठूलो टेक कम्पनी अलिबाबा बढी प्रभावित भएको छ। यो कम्पनीलाई २.८ बिलियन डलर जरिवना तिराइएको छ। 

नियामक नियकाले गलत विवरण दिएर उत्पादन बिक्री गर्ने टेक कम्पनीहरुलाई सर्वसाधरणसँग क्षमा माग्न पनि निर्देशन दिएको छ। यो निर्देशनपछि अलिबाबाको सेयरमूल्यमा ४.८ प्रतिशत, जेडी डट कमको सेयरमूल्यमा ५.२ प्रतिशत र नयाँ टेनसेन्ट कम्पनीको सेयरमूल्य मा ४ प्रतिशतले गिरावट आएको छ। – एजेन्सी