काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १२ अर्ब रुपैयाँले घटेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २२ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ८९ अर्ब रुपैयाँमा झरेको छ।  

गत मंसिर २१ गते एकैदिन निक्षेप ३ अर्ब रुपैयाँले बढेर ४८ खर्ब १ अर्ब रुपैयाँ पुगेको थियो। 

मंसिर २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने २ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ८७ अर्ब रुपैयाँमा पुगेको छ। गत मंसिर २१ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो। 

वाणिज्य बैंकहरुको निक्षेप मंसिर २२ गते एकैदिन १३ अर्ब रुपैयाँले घटेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। 

गत मंसिर २१ गते एकैदिन ३ अर्ब रुपैयाँले बढेको थियो। यो दिन कुल निक्षेप ४२ खर्ब ३४ अर्ब रुपैयाँमा पुगेको थियो। 

वाणिज्य बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २१ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा बढेर मंसिर २० गतेसम्म ४० खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। 

राष्ट्र बैंकका अनुसार मंसिर २२ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो बढेर ९१.१५ प्रतिशत पुगेको छ। गत मंसिर २१ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.८९ प्रतिशत थियो। 

अन्तरबैंक ब्याजदर ४.९७ प्रतिशत रहेको छ।

राष्ट्र बैंक स्रोतका अनुसार पुनरकर्जाको पैसा रिलिज हुनु, रिपो परिपक्व हुनु आदि कारणले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप घटेको हो।