काठमाण्डौ । संसारभरका लाखौँ महिलाले कुनै न कुनै समयमा आफ्ना बच्चालाई जोन्सन एन्ड जोन्सनको बेबी पाउडर लगाएको हुनुपर्छ। एक समय थियो जब बेलायतको यो दिग्गज कम्पनीका उत्पादनहरु साना बालबालिकाका लागि एकदम सुरक्षित मानिन्थ्यो।
यो कम्पनीका उत्पादनहरु नेपालमा पनि निकै लोकप्रिय भएका छन्। तर, सन् २०२३ बाट तपाइँले यो कम्पनीको ट्याल्कमा आधारित बेबी पाउडर बजारमा पाउनुहुने छैन।
जोन्सन एन्ड जोन्सन कम्पनीले सन् २०२३ मा विश्वभर बेबी पाउडरको बिक्री रोक्ने निर्णय गरेको छ। कम्पनीले बिहीबार उक्त जानकारी दिएको हो।
दुई वर्षअघि कम्पनीले अमेरिकामा बेबी पाउडरको बिक्री बन्द गरेको थियो। अमेरिकामा हजारौँ ग्राहकले मुद्दा दायर गरेपछि कम्पनीले यो निर्णय गरेको हो।
कम्पनीले सन् २०२० मा अमेरिका र क्यानडामा ट्याल्कमा आधारित बेबी पाउडर बिक्री गर्न बन्द गरेको थियो। कम्पनीविरुद्ध ३८ हजारभन्दा बढी मुद्दा चलिरहेका छन्। धेरै महिलाले बेबी पाउडर प्रयोग गरेपछि पाठेघरको क्यान्सर भएको दाबी गरे।
अमेरिकी नियामकहरुले पनि उक्त कम्पनीको बेबी पाउडरमा क्यान्सर गराउने तत्व फेला पारेको दाबी गरेका छन्। तर, कम्पनीले यी आरोप अस्वीकार गर्दै आएको छ।
कम्पनीले उत्तरी अमेरिकामा घट्दो बिक्रीका कारण उक्त उत्पादन बन्द गर्ने निर्णय गरिउको जनाएको छ।
ट्याल्क के हो ?
कम्पनीको बेबी पाउडरमा प्रयोग हुने ट्याल्क संसारको सबैभन्दा नरम खनिज हो। यो धेरै देशमा बनाइन्छ। यो व्यापक रुपमा कागज, प्लास्टिक र औषधिसहित धेरै उद्योगमा प्रयोग गरिन्छ। यो पाउडर न्यापी रास र व्यक्तिगत स्वच्छताको अन्य प्रकार मा प्रयोग गरिन्छ। कहिलेकाहीँ यसमा एस्बेस्टोस हुन्छ। जसले शरीरमा क्यान्सर निम्त्याउन सक्छ।
जोन्सन एन्ड जोन्सनले आफ्नो उत्पादन सुरक्षित नभएको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ। कम्पनीले दशकौँको वैज्ञानिक परीक्षण र नियामक अनुमोदनहरुले यसको ट्याल्क सुरक्षित र एस्बेस्टोसमुक्त भएको देखाएको छ। कम्पनीले बिहीबार यस उत्पादनको बिक्री बन्द गर्ने घोषणा गर्दा पनि यो दाबी पुनः दोहोर्याएको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19