काठमाण्डौ । युरोपेली सेयर बजारमा मंगलबार पनि उछाल आएको छ। 

बेलायतका नयाँ वित्तमन्त्रीले प्रधानमन्त्री लिज ट्रसले ल्याएको कर प्रणालीलाई उल्टाइदिएपछि लगानीकर्ताको मनोबल बढेको हो। यो समाचार तयार पारुन्जेल जर्मनको ड्याक्स १.२ प्रतिशतले बढोत्तरी आएको छ भने फ्रान्सको क्याक ४० पनि १.१ प्रतिशतले बढोत्तरी आएको छ। बेलायतको फुट्सी १०० पनि १.१ प्रतिशतले बढोत्तरी आएको छ। 

नयाँ बेलायती वित्तमन्त्री कर प्रणालीलाई यसअघि प्रधानमन्त्री लिज ट्रसले घोषणा गरेको कर प्रणालीलाई उल्टाइदिएका हुन्। बजेटमा बेलायती प्रधानमन्त्री ट्रसले केही करको दरमा हेरफेर गरेसँगै चर्को आलोचना भएको थियो। 

यसैबीच प्रधानमन्त्री ट्रसले कर प्रणालीमा भएको त्रुटिको विषयलाई लिएर माफी पनि मागेकी छन्। योसँगै बैंक अफ इंग्ल्यान्डले ब्याजदर पनि नबढाउने भएको छ। 

यिनै कारणले युरोपेली सेयर बजारमा मंगलबार कारोबार खुलेदेखि नै बढोत्तरी आएको छ। –एजेन्सी