काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षाेल्लासका साथ रङहरुको पर्व होली मनाइँदैछ। यस अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ। 

होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रंगिएर उल्लासपूर्वक मनाउने गरिन्छ। हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लामा वसन्त ऋतुका अनेकन रङलाई प्रतिविम्बित गर्ने पर्वका रुपमा होली पर्व हषोल्लासपूर्वक मनाउने गरिन्छ। 

यसैबीचमा विभिन्न स्थानमा पूर्वबैंकर, बैंकर तथा बीमाकर्मीले पनि घरपरिवार–साथीभाइसँग होली पर्वलाई हषोल्लासका साथ मनाएका छन्। 

हेर्नुहोस् फोटोमा