काठमाण्डौ । विश्वभर फेरि आर्थिक मन्दीको खतरा बढेको छ। एकपछि अर्को गर्दै धेरै अर्थशास्त्रीले यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरुमा विश्व मन्दीको चपेटामा पर्ने दाबी गर्दै आएका छन्।
अमेरिका, चीन र बेलायतलगायत अन्य युरोपेली अर्थतन्त्रका अगाडि मन्दीको उच्च जोखिममा छन्। यस्ता धेरै कारक छन्, जसले मन्दी आउने पूर्वसंकेतहरु दिइरहेका छन्। यी संकेतलाई ध्यानमा राख्दै मन्दी आउने प्रतीक्षा नगरी यसको प्रभाव कम गर्न कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने जान्नु महत्वपूर्ण हुन्छ।
सेयर बजार २००८ को जस्तै गिरावट
सबैभन्दा पहिले ती कारकहरुका बारेमा कुरा गरौँ जसले मन्दी आउँदैछ भनेर संकेत गरिरहेका छनु। अमेरिकी बजार निरन्तर ओरालो लागेको छ। डाउ जोन्सको औद्योगिक औसत यो वर्ष लगभग १३ प्रतिशतले घटिसकेको छ। अमेरिकी बजारहरु अलटाइम हाईबाट लगभग २० प्रतिशत तल झरिसकेका छन्। धेरै चर्चित कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ।
यो निरन्तरको गिरावटले सन् २००८ को दृश्यको सम्झना दिलाउँछ। जुन मन्दीको समयमा बजारमा देखिएको थियो।
महामारीको असर सकिनुअघि युद्धको सुरुआत
वास्तवमा सन् २०१९ देखि सारा विश्व कोरोना महामारीको चपेटामा परेको थियो। त्यसबाट विश्वले अझै मुक्ति पाएको छैन। महामारीको असर सकिनुअघि रुस–युक्रेन युद्धको संकट उत्पन्न भयो। यो युद्धका कारण विश्वमा धेरै अत्यावश्यक वस्तुको अभाव सिर्जना भएको छ।
रुस र युक्रेन दुवै गहुँ र जौजस्ता धेरै अन्नका प्रमुख निर्यातकर्ता हुन्। युद्धका कारण उनीहरुको निर्यात प्रभावित भएको छ। अहिले अवस्था यस्तो छ कि धेरै देश खाद्यसंकटको चपेटामा परेका छन्।
रेकर्डतोड महँगीबीच बढ्दै ब्याजदर
अहिले सारा विश्वले दशकयताकै उच्च महँगीको सामना गरिरहेको छ। अमेरिकामा खुद्रा मुद्रास्फीति अप्रिलमा थोरै घटेर ८.३ प्रतिशतमा पुगेको छ। तर यो अझै दशककै उच्चमा छ। यसअघि मार्चमा अमेरिकामा मुद्रास्फीति दर ८.५ प्रतिशत थियो। जुन पछिल्लो ४१ वर्षयताकै उच्च थियो।
अर्कोतर्फ सबै केन्द्रीय बैंकले ब्याजदर बढाइरहेका छन्। विश्लेषकहरुले बढ्दो ब्याजदरलाई अनियन्त्रित मुद्रास्फीतिको बीचमा मन्दीको संकेतका रुपमा हेरिरहेका छन्।
यो अवस्थालाई भनिन्छ मन्दी
जब कुनै देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) लगातार ६ महिना अर्थात् २ त्रैमाससम्म घट्छ, त्यस अवधिलाई अर्थशास्त्रमा आर्थिक मन्दी भनिन्छ। यसलाई मन्दीको विश्वव्यापी परिभाषा मानिन्छ। दोस्रो त्रैमासमा कुनै देशको जीडीपी १० प्रतिशतभन्दा बढीले घट्यो भने त्यसलाई डिप्रेसन अर्थात महामन्दी भनिन्छ।
पहिलो विश्वयुद्धपछि १९३० को दशकमा महामन्दी आयो। जसलाई द ग्रेट डिप्रेसन भनिन्छ। अहिलेसम्म रेकर्ड गरिएको इतिहासमा विश्वले एकपटक मात्रै महामन्दीको सामना गरेको छ। अर्कोतर्फ जीडीपी वृद्धिदर लगातार कम रह्यो भने त्यसलाई आर्थिक मन्दी भनिन्छ।
यस्ता छन् मन्दीबाट बच्ने उपायहरु
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19