काठमाण्डौ । पासपोर्टले आफ्नो देश र देशका नागरिकको पहिचान बोकेको हुन्छ। विश्वका सबै देशको पासपोर्टको हैसियत बराबर हुन्न। 

हेन्ली पासपोर्ट इन्डेक्सले हालै विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गरेको छ। जसमा विश्वका १९९ वटा देशका पासपोर्ट समावेश गरिएका छन्। 

हेन्ली पासपोर्ट इन्डेक्स गन्तव्यका आधारमा नेपालको पासपोर्ट सबैभन्दा कमजोरको सूचीमा परेको छ। नेपालको पासपोर्टबाट ३८ वटामात्रै देशहरुमा भिसा–अन–अराइभलको पहुँच राख्छ। 

हेन्ले एन्ड पार्टनर्सले ४० वा सोभन्दा कम देशमा भिसा–अन–अराइभलको पहुँच गर्ने देशहरुको पासपोर्टलाई कमजोरको सूचीमा राखेको छ। नेपालसँगै फिलिस्तिनीको पासपोर्टले पनि ३८ देशमा भिसा अन–अराइभलको पहुँच राखेको छ। 

यसैगरी कमजोर पासपोर्टको सूचीमा उत्तर कोरिया (४० देश), सोमालिया (३५) देश, यमन (३४ देश), पाकिस्तान (३२ देश), सिरिया (३० देश), इराक (२९ देश) र अफगानिस्तान (२७ देश) रहेका छन्।

हेन्ले पासपोर्ट इन्डेक्सले सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीको १० औँ स्थानमा डेनमार्कलाई राखेको छ। डेनमार्कको पासपोर्ट होल्डरले १८३ देशमा भिसा अन–अराइभलको पहुँच राख्छ। यो देश फुड, डिजाइ र आर्किटेक्चरका लागि प्रसिद्ध रहेको छ। 

यसैगरी शक्तिशाली पासपोर्टको सूचीको नवाँै स्थानमा स्विट्जरल्यान्डको पासपोर्ट रहेको छ। यो पासपोर्टबाट १८२ देशमा भिसा अन–अराइभल यात्रा गर्न सकिन्छ। यो देश पर्यटन, चक्लेट र बैंकिङ उद्योगमा प्रख्यात रहेको छ।

आठौँ स्थानमा लक्जम्बरको पासपोर्ट रहेको छ। चक्लेट र बैंकिङ उद्योगमा  प्रख्यात रहेको छ। यो पासपोर्टबाहकले १८४ देशहरुमा भिसा अन–अराइभलको पहुँच राख्छन्। 

सातौँमा स्पेनको पासपोर्ट पर्छ। यो पासपोर्टबाहकले १८५ वटा देशमा भिसा अन–अराइभलको पहुँच राख्छन्। यो देश पुरानो इतिहास र संस्कृतिका लागि प्रख्यात रहेको छ।

त्यसैगरी छैटौँमा फिनल्यान्डको पासपोर्ट पर्छ। यो पासपोर्टबाहकले १८६ वटा देशमा भिसा अन–अराइभलको पहुँच राख्छन्। फिनल्यान्ड घनाजंगल तथा तालतलैयाका लागि प्रसिद्ध रहेको छ।

पाँचौँ स्थानमा इटालीको पासपोर्ट रहेको छ। यो देशका पासपोर्टबाहकलाई १८७ देशमा भिसा अन–अराइभलको सुविधा रहेको छ। इटाली पिजा, पस्ताजस्ता खानाका परिकारबाट विश्व प्रसिद्ध रहेको छ। 

चौथो स्थानमा रहेको जर्मनीको पासपोर्टबाहकलाई १८८ देशमा भिसा अन–अराइभलको सुविधा रहेको छ। जर्मनी म्युजियम तथा पुरानो कल्चरका लागि प्रसिद्ध रहेको छ।

दक्षिण कोरियाको पासपोर्ट तेस्रो स्थानमा रहेको छ। यो देशको पासपोर्टबाहकाले १८९ देशहरुमा भिसा अन–अराइभलको सुविधा पाउँछन्। यो देश टेक्नोलोजीका लागि विश्वप्रसिद्ध रहेको छ।

सिंगापुरको पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली पासपोर्टमा पर्छ। यो देशका पासपोर्टबाहकले १९० देशमा भिसा अन–अराइभलको सुविधा पाउँछन्। यो देश टापुहरुका लागि प्रसिद्ध रहेको छ।

विश्वकै शक्तिशाली पासपोर्टमा जापानको रहेको छ। जापानको पासपोर्टबाहकले १९१ देशमा भिसा अन–अराइभलको पहुँच राख्दछन्। यो देश पनि फुड र टेक्नोलोजीका लागि विश्वमा प्रसिद्ध रहेको छ। –एजेन्सीको सहयोगमा