काठमाण्डौ । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई बढावा दिन कर्जाको ब्याजदरमा सहुलियत प्रदान गर्ने नीति लिएको छ।
उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुँदा उद्यमशीलता प्रवर्द्धन हुने, रोजगारी सिर्जना हुने, उत्पादन बढ्ने, आयात प्रतिस्थापन गर्न सहयोग पुग्नेजस्ता सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने राष्ट्र बैंकको विश्वास छ। यसले गरिबी न्यूनीकरणका साथै समग्र आर्थिक विकासमा टेवा पुर्याउने पनि केन्द्रीय बैंकले जनाएको छ।
यसै उद्देश्यले फलफूल एवम् जडीबुटी उत्पादन तथा स्वदेशमा उत्पादित फलफूल एवं जडीबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
यदि यस किसिमको कर्जा लिएको भए वा लिने योजना छ भने उक्त व्यवस्थाको पालना भएको छैन भने कर्जा लिएको संस्थामा वा राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाइमा गुनासो दर्ता गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago