काठमाण्डौ । शनिवार, साप्ताहिक विदाको दिन । मानिसहरुलाई आफ्नो परिवारसँग समय बिताउन सहज हुने दिन पनि हो शनिवार । कतिपयका लागि नियमित कामभन्दा केही फरक कामका लागि समयको जोहो गर्ने दिन । दैनिकजसो दौडधूपमा लाग्नुपर्ने बैंकरहरुका लागि त शनिवारले झनै खास अर्थ राख्छ । तर, कतिपय बैंक तथा तिनका कर्मचारी यस्ता छन्, जो आफ्नो निजी जीवन वा समयलाई तिलाञ्जली दिएर समाजका लागि अहोरात्र खटिन समेत पछाडि पर्दैनन् । मुक्तिनाथ विकास बैंकका करिब १६०० कर्मचारीहरुले शनिवार(आज) सामाजिक उत्तरदायीत्व निर्वाह गर्दै पूर्ण रुपमा समाजका लागि खर्चिए ।
मुक्तिनाथ विकास बैंक आफैंमा देशको सबैभन्दा बलियो राष्ट्रियस्तरको विकास बैंक हो । प्रमुख वित्तीय सूचकहरुमा प्रत्येक वर्ष कतिपय वाणिज्य बैंकहरुलाई समेत पछाडि पार्दै आएको यो बैंकले वित्तीय साक्षरता, सामाजिक उत्तरदायीत्व निर्वाह लगायतका विषयमा पनि नेतृत्वदायी भूमिका खेल्दै आएको छ । यसैको पछिल्लो उदाहरण बन्यो शनिवारको बृहत घरदैलो कार्यक्रम ।
डी टू डी अर्थात डोर टू डोर कार्यक्रमका लागि बैंकका कुनै पनि कर्मचारीले शनिवार विदा मनाएनन् । बैंकमा आबद्ध सामान्यदेखि उपल्लास्तरका कर्मचारी, बैंकका सञ्चालक, पूर्व सञ्चालक, संस्थापक लगायत सबैजना जिम्मेवार भई आ–आफ्नो क्षेत्रमा वित्तीय साक्षरताका लागि शनिवार दिनभरि खटिए ।
एउटा बैंकका सबै तहका कर्मचारी एकसाथ एउटै कार्यक्रमका लागि जनताको घर–घरसम्म पुगेको यो निकै दुर्लभ कार्यक्रम पनि हो ।
मुक्तिनाथ विकास बैंकको देशभर शाखा र विस्तारित काउण्टर १७९ वटा रहेका छन् । ती सबै शाखा र बिस्तारित काउण्टरमा कार्यरत कर्मचारीहरु शनिवार घर–घर पुगेर बैंकिङ सचेतना मात्र जगाएनन्, मुक्तिनाथ विकास बैंकमा खाता पनि खोलाए । मुक्तिनाथले प्रवाह गरिरहेका कर्जाका स्किम तथा निक्षेपका प्रडक्टहरुको विषयमा समेत कुरा बुझाए । अझ बढी बैंकिङ सचेतना समेत फैलाए ।
त्यति मात्र होइन, मुक्तिनाथ विकास बैंकको २५ प्रतिशत लगानी रहेको मुक्तिनाथ कृषि कम्पनीले गर्दै आएको काम, यो कम्पनीले प्रवाह गर्दै आएको सेवा लगायतका विषयमा समेत बैंकका कर्मचारीहरु गाउँ गाउँ, घर–घर पुगेर प्रचारप्रसार गरे ।
बैंकका कर्मचारी मात्र नभई प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, उच्च व्यवस्थापनका अधिकारीहरु समेत डोर टू डोर कार्यक्रममा सहभागी भएका थिए । टोखा क्षेत्रको शाखामा आबद्ध कर्मचारीको टिमबाट फिल्डमा खटिएका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आफूहरुले फरक ढंगले अभियान सञ्चालन गरिरहेको बताए ।
‘हामी घर–घर गएर खाता खोल्ने कुरा गर्छौ । यसपटकदेखि हामीले मुक्तिनाथ कृषि कम्पनीले दिने सेवाहरुको विषयमा पनि प्रशस्तै कुराहरु बुझाएका छौं । कम्पनीबाट उपलब्ध हुने मल, बिउ, कृषि उपकरण लगायतका विषयमा पनि सर्वसाधारणलाई भनेका छौं । कृषिको बजारीकरणका लागि पनि हामीले सहयोग गर्नसक्ने कुरा बुझाएका छौं ।’ पोखरेलले भने–‘हाम्रो अभियानको विषयमा अधिकांशले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । फरक शैलीको अभियान भनेर अरुले भनिदिंदा हामी र हाम्रा कर्मचारी झनै उत्साहित छौं ।’
सो क्रममा बैंकका कर्मचारीहरुले साना पसलहरु तथा सर्भिस सेन्टरहरुमा समेत पसेर बैंकले उपलब्ध गराउँदै आएको बिनाधितोका साना कर्जाका स्किमहरु, निक्षेपमा उपलब्ध गराउँदै आएको वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर लगायतका विषयमा पनि कुरा बुझाउने काम गरेका थिए ।
सीइओ पोखरेलका अनुसार विशेष अभियानका कारण बैंकका कुनै पनि कर्मचारी शनिवार घर बसेनन् । ‘आगामी दिनमा पनि यो अभियानलाई हामी निरन्तरता दिनेछौं ।’–उनले थपे ।
मुक्तिनाथ विकास बैंकको मूल नारा नै “जनता बैंकमा हैन, बैंक जनतामा जानुपर्दछ” भन्ने छ । शनिवारको जस्तो विशेष अभियानले मूल नारालाई सार्थक पार्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
मुक्तिनाथ विकास बैंक नेपालकै पहिलो यस्तो बैंक हो, जसको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिजा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटीएम मसिनबाट पैसा झिक्दा कुनै शुल्क लाग्दैन ।
त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने सुविधा, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग सेवा लगायतका थुप्रै डिजीटाइज्ड सेवाका लागि पनि मुक्तिनाथ विकास बैंक परिचित बैंक हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago