काठमाण्डौ । सूूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा ९ करोड ६९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ८ करोड ३९ लाख थियो । 

समीक्षा अवधिमा यो बिमा कम्पनीले १ अर्ब २६ करोड खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब १ करोडमा सीमित थियो । 

सूूर्या लाइफले समीक्षा अवधिमा ११ करोड २२ लाख दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ५ करोड ७० लाखमा सीमित थियो । 

यो कम्पनीले समीक्षा अवधिसम्म कुल १ अर्ब ३३ करोड बिमाशुल्क आर्जन गरेको छ । यो अवधिमा कम्पनीको बिमालेखको संख्या ३ लाख ८ हजार ९ सय ८३ रहेको छ । अघिल्लो वर्ष यो संख्या २ लाख ७१ हजार ४ सय १६ थियो । 

यो जीवन बिमा कम्पनीले अघिल्लो वर्षसम्म २५ करोड ७१ लाखमा सीमित जीवन बिमा कोषलाई बढाएर २ अर्ब ४३ करोडको उचाईमा पुुर्याएको छ । महाबिपत्ति जगेडाको रुपमा ३ करोड ४३ लाख राखेको छ । २५ करोड ७२ लाखमा सीमित जगेडाकोष बढाएर ३२ करोड ४६ लाखको बनाएको छ । हाल यो कम्पनीको चुक्तापूँजी ६५ करोड ६२ लाख रहेको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.६९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७२.४० गुणा कायम भएको छ ।