काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लगानीकर्ताहरुलाई ३५ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको छ।
यो बैंकले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । जसमा लगानीकर्ताले ३५ प्रतिशतसम्म लाभांश पाउनसक्ने देखिएको हो ।
चौथो त्रैमाससम्म यो बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २१ करोड रुपैयाँ रहेको छ । बैंकमा प्रिमियमको रुपमा १अर्ब ७८ करोड रुपैयाँ रहेको छ । प्रिमियम समेत लाभांशको रुपमा बाँड्न मिल्ने भएकोले यदि बैंकले चाह्यो भने यो वर्ष लगानीकर्तालाई बम्पर लाभांश घोषणा गर्नसक्छ । बैंकको चुक्तापूँजी ११ अर्ब २८ करोड २८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खूद नाफा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
यो खुद नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १.५५ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिसम्म बैंकले २ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत ३ अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म ४ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो।
बैंकले खुद ब्याज आम्दानीबापत ५ अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोड रुपैयाँ रहेको थियो।
बैंकले समीक्षा अवधिसम्म १ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको रिजर्भको आकार २.४५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १३ अर्ब ३१ करोड रुपैयाँ रहेको रिजर्भमा घटेर १२ अर्ब ९८ करोड रुपैयाँमा झरेको छ।
समीक्षा अवधिमा बैंकको आधार दर भने ०.९९ प्रतिशतले घटेको छ। गत वर्ष ७.९८ प्रतिशत रहेको आधार दर घटेर ६.९९ प्रतिशतमा झरेको हो ।
खराब कर्जाको अनुपातलाई घटाउन बैंक व्यवस्थापन सफल देखिएको छ । अघिल्लो वर्ष २.६४ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात केही घटी यो वर्ष २.५९ मा सीमित बन्न पुगेको हो ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.६६ रुपैयाँ रहेको छ। पीई रेसियो भने १०.९९ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ २६७.५० रुपैयाँ छ भने सम्पत्तिमा प्रतिफल १.३४ प्रतिशत रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago