काठमाण्डौ । यो वर्ष एउटा धातुले लगानीकर्तालाई सबै कमोडिटीभन्दा धेरै रिटर्न दिएको छ। यसले विश्वकै सर्वाधिक लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनलाई पनि पछि पारेको छ।
उक्त धातु किन्न भने लगानीकर्ताहरुका लागि चुनौतीपूर्ण नै रहेको छ। सो धातु इरिडियम।
इरिडियम एउटा दुर्लभ बहुमूल्य धातु हो। यो प्लेटिनम र प्यालेडियम उत्पादनका लागि उत्खनन गरिन्छ। यो वर्ष यो धातुको मूल्यमा १३१ प्रतिशतको उछाल आएको छ। जब कि बिटक्वाइनको मूल्यमा ८५ प्रतिशतले बढेको छ।
पछिल्लो समय इलेक्ट्रोनिक स्क्रिन्समा प्रयोग हुने यो धातुको माग बढेपछि मूल्यमा तीव्र उछाल आएको हो। उत्खननमा हुने समस्याका कारण न्यून मात्रामा मात्रै बजारमा पाइने भएकोले यसको मूल्यमा उछाल आएको जानकारहरु बताउँछन्।
इरिडियमको व्यापार सेयर बजार वा एक्सचेन्ज ट्रेडेड फन्डबाट हुँदै छ। यसको प्रयोग स्पार्क प्लग्समा हुन्छ।
हाल यो धातुको मूल्य ६ हजार डलर प्रतिऔँस पुगेको छ। जुन सुनको मूल्यभन्दा तीनगुणाले बढी हो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19