काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक व्यवसाय समीक्षा सम्मेलन (स्ट्राटेजिक बिजनेस मिट–२०२१) सम्पन्न गरेको छ।
पोखरामा यही माघ १५ र १६ गते सम्पन्न सम्मेलनको मुख्य उद्देश्य शाखा र उपशाखा प्रमुखलाई सिकाउने, काम गराउने र नेतृत्व गराउने रहेको थियो। देशैभरिका शाखा तथा उपशाखा र प्रधान कार्यालयका गरी ७२ जना कार्यालय प्रमुख र प्रधान कार्यालयका विभागीय प्रमुखसमेतको सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा माघ १५ गते प्रधान कार्यालयका विभागीय प्रमुख र क्षेत्रीय तथा उपक्षेत्रीय प्रमुखको समीक्षा बैठक भएको थियो। बैठकमा अर्धवार्षिक व्यवसायको समीक्षा र आगामी रणनीतिबारेमा विस्तृत छलफल भएको थियो।
जीवन बीमा व्यवसायमा एकल बीमा पोलिसीको नकरात्मक प्रभाव र विकृति बारेमा गंभिर छलफल भएको थियो। माघ १६ गते विभागीय प्रमुख, क्षेत्रीय, उपक्षेत्रीय प्रमुख र शाखार उपशाखा प्रमुखको संयुक्त सम्मेलन भएको थियो।
प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बीमा व्यवसायको कमीकमजोरी र शाखा तथा उपशाखा प्रमुखले खेल्ने भूमिका, गुणात्मक व्यवसाय गर्ने तरिकाबारेमा तालिम प्रदान गरेका थिए। कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृतहरु कमल पन्थी, रामेश्वर श्रेष्ठ, वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलालगायत अन्य विभागिय प्रमुखले विषयगत तालिम प्रदान गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago