काठमाण्डौ । सन् २०२३ मा भारतीय सेयर बजारको चर्चा विश्वभर भयो ।

भारतको सेयर बजार विश्वको शीर्ष चार पावरफुल सेयर मार्केटमा पर्न सफल भयो । निफ्टी इन्डेक्स र सेन्सेक्स इन्डेक्स अहिलेसम्मकै उच्च बिन्दुमा पुगे । निफ्टी इन्डेक्स ७२४२१ र सेन्सेक्स इन्डेक्स ७२०३८ बिन्दुमा पुगेका थिए । 

रीफीनीटिभका अनुसार गत नोभेम्बरमा भारतीय स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण ४ ट्रिलियन(खर्ब ) अमेरिकी डलर पार गरेको छ ।  

यस वर्ष भारतको सेयर बजारमा आईपीओ बाढी देखियो । मेनबोर्डमा ५७ वटा आईपीओ जारी भयो । यो कुनै एक वर्षमा जारी भएको चौथो धेरै संख्या हो । मेनबोर्डको आईपीओसहित भारतीय बजारमा गत वर्ष करीब ५० हजार करोड भारु जुटाइएको भारतीय मिडियाले जनाएका छन् । 

त्यस्तै एसएमई प्लेटफर्ममा मेनबोर्डको भन्दा धेरै अर्थात करीब १८० आईपीओ लञ्च भयो । मेनबोर्ड र एसएमई प्लेटफर्ममा जारी भएका आईपीओमध्ये दर्जनौ आईपीओले दोस्रो बजारमा राम्रो गरे । 

सन् २०२४ मा पनि आईपीओ संख्यामा कमी नआउने भारतीय सेयर विश्लेषकहरुले आकलन गरेका छन् । नयाँ वर्षमा जारी हुने आईपीओमा कयौँ  ठूला कम्पनीहरु छन् । सूचीमा समावेश कम्पनीहरुमा सबैभन्दा ठूलो नाम हो,ओला इलेक्ट्रिक ।

यो ईभी कम्पनीले हालै भारतीय पूँजीबजार नियामक सेबी सामु आईपीओको मस्यौदा पेश गरेको छ । रिपोर्टहरुका अनुसार कम्पनील आईपीओबाट ७०० देखि ८०० मिलियन डलर(१ खर्ब ६ अर्ब बढी रुपैयाँ) जुटाउनेछ । 

त्यस्तै यो वर्ष भारतीय सेयर बजारमा आउने अर्को ठूलो आईपीओ हो–ओम्रीच्यानल रिटेलर फस्र्ट क्राईको । कम्पनीले पनि आईअपीओ निष्कासनका लागि मस्यौदा पेश गरिसकेको छ । यो कम्पनीमा महिन्द्रा गुप्र र अमिताभ बच्चन जस्ता ठूला लगानीकर्ताको लगानी छ ।

यो कम्पनीले सन् २०२२ मा आईपीओ ल्याउने तयारी गरेको थियो । तर बजारको उथलपुथलका कारण कम्पनीले यो योजना पर धकेलेको थियो । कम्पनीले आईपीओ ५०० देखि ६०० मिलियन डलर बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । 

त्यसैगरी अब आउने दिनमा वर्कस्पेश सेक्टरको अउफिस स्पेश सोलुसन,इ–कमर्सको यूनिकमर्स,एडुटेक कम्पनी बाइजुको सब्सीडायरी आकाश,फिनटेक कम्पनी फोनपे,हस्पीट्यालिटी स्र्टाअप ओयो,मेडटेक कम्पनी फर्मा इजी,फूड डेलिभरी कम्पनी स्वीगी जस्ता ठूला कम्पनीको आईपीओ आउने तयारीमा छन् । -एजेन्सी