काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत ३ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज(पुस १९ गते) अन्तिम दिन रहेको छ । 

आज बोटलर्स नेपाल (तराई),श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ३ वटै कम्पनीले पुस २० गते बुक क्लोजको मिति तय गरेका छन् । त्यसैले आजसम्म कायम सेयरधनी मात्रै यी कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुने योग्य हुनेछन् । 

बोटलर्स नेपाल (तराई)ले गत वर्षको मुनाफाबाट ६० प्रतिशत नगद लाभांश,श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले ५.०५ प्रतिशत नगद लाभांश र मन्दाकिनी हाइड्रोपावरले ४।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।२५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेक छन् । 
लाभांस वितरणको प्रस्ताव पारित गर्न श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरको वार्षिक साधारण सभा आगामी पुस २९ गते र बोटलर्स नेपाल (तराई)को पुस २७ गते वार्षिक साधारण सभा आयोजना हुदैँछ ।