काठमाण्डौ । दुई जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएका छन्।
विद्युत नियमन आयोगले ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो।
आयोगले ङादी ग्रुप पावरलाई चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ। यद्यपि ङादी ग्रुप पावरले आयोगसँग चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद निष्कासनको अनुमति मागेको थियो।
यसैगरी आयोगले बरुण हाइड्रोपारलाई चुक्तापुँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ।
यी दुवै कम्पनीलाई आयोगले हिजो सोमबार पत्र पठाउँदै हकप्रद निष्कासनका स्वीकृति प्रदान गरिएको जानकारी गराएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19