काठमाण्डौ । कोरोनाकालमा डिजिटल मुद्राको चलन तीव्र रुपमा बढेको पाइएको छ। 

विश्वमा जनसंख्याको हिसाबले भारतीयसँग सबैभन्दा बढी क्रिप्टोकरेन्सी छ। भारतमा ७.२३ प्रतिशत अर्थात् करिब १० करोड मानिससँग क्रिप्टोकरेन्सी रहेको छ। तर, प्रतिशतका हिसाबले हेर्ने हो भने विश्वका धेरै देश भारतभन्दा अगाडि छन्। 

वल्र्ड अफ स्ट्याटिस्टिक्सका अनुसार यूएईका मानिससँग विश्वमा सबैभन्दा बढी क्रिप्टोकरेन्सी छ। यो देशमा २७.६७ प्रतिशत मानिससँग डिजिटल मुद्रा छ। 

यो सूचीमा भियतनाम दोस्रो नम्बरमा छ। यस देशमा जनसंख्याको २०.५४ प्रतिशतसँग क्रिप्टोकरेन्सी छ। 

त्यसैगरी साउदी अरबमा १७.५३ प्रतिशत, इरानमा १३.४६ प्रतिशत र अमेरिकामा १३.२२ प्रतिशत मानिससँग डिजिटल मुद्रा छ।

युद्धग्रस्त युक्रेनमा १०.३० प्रतिशत मानिससँग डिजिटल मुद्रा छ। भेनेजुएलामा महँगी विश्वमा सबैभन्दा बढी छ भने पेट्रोलको मूल्य सबैभन्दा कम छ। यो देशमा १०.३० प्रतिशत मानिससँग डिजिटल मुद्रा छ। 

यस सूचीमा अर्को नाम दक्षिण अफ्रिकाको हो। यो देशमा १० प्रतिशत मानिससँग डिजिटल मुद्रा छ। थाइल्यान्डमा पनि ९.३२ प्रतिशत मानिससँग क्रिप्टोकरेन्सी रहेको छ। 

प्रतिशतका हिसाबले यो सूचीमा भारत दसौँ स्थानमा छ। भारतमा ७.२३ प्रतिशत जनसंख्यासँग डिजिटल मुद्रा छ। पाकिस्तानको कुरा गर्ने हो भने त्यहाँ ६.४ प्रतिशत मानिससँग डिजिटल मुद्रा छ।

यस्तै फ्रान्समा ५.९० प्रतिशत, रुसमा ५.८७ प्रतिशत, बेलायतमा ५.५२ प्रतिशत, टर्कीमा ५.४६ प्रतिशत, जर्मनीमा ४.१९ प्रतिशत र क्यानडामा ४.१४ प्रतिशत मानिससँग डिजिटल मुद्रा छ। चीनमा ४.०८ प्रतिशत मानिससँग मात्र डिजिटल मुद्रा छ भने जापानमा यो संख्या ४.१३ प्रतिशत छ। 

विश्वमा स्टार्टअपको हब भनेर चिनिने इजरायलमा १.२१ प्रतिशत जनसंख्यासँग मात्र डिजिटल मुद्रा छ। अफगानिस्तानमा ०.९० प्रतिशत मानिससँग डिजिटल मुद्रा छ भने उत्तर कोरियामा कसैसँग पनि डिजिटल मुद्रा छैन। –एजेन्सी