काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तोकेका विभिन्न दरहरु बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने हुन्छ। अझै भनौँ राष्ट्र बैंकको नियमनभित्र ती संस्था चल्नुुपर्छ। राष्ट्र बैंकले दिएको हरेक निर्देशनलाई उनीहरुले पालना गर्नुपर्दछ।
राष्ट्र बैंकको नियम पालना नगर्दा कतिपय बैंक तथा वित्तीय संस्था कारबाहीको भागीदारसमेत भइसकेका छन्। राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, वैधानिक तरलता कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा पर्याप्त प्रवाह नगरेको, शीघ्र सुधारात्मकलगायतमा कारबाही गर्दै आएको हो।
राष्ट्र बैंकको वित्तीय संस्था नियमन विभागले गत आर्थिक वर्षमा पनि विभिन्न विकास बैंक र फाइनान्स कम्पनीलाई नियम पालना नगरेका कारण कारबाही गरिएको जनाएको छ। विभागले गैरस्थलगत सुपरिवेक्षणका आधारमा हर्जाना लगाइएको जनाएको हो।
विभागका अनुसार आर्थिक वर्ष २०७८–७९ को प्रथम त्रैमासमा कर्णाली डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्स कारबाहीमा परेका छन्। राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै यी दुई संस्थालाई क्रमशः २ हजार ४९६.१० रुपैयाँ र १ हजार ७०६.९९ रुपैयाँ जरिवाना गरेको थियो । दोस्रो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंकलाई १ हजार ७१२.०६ रुपैयाँ नगद जरिवाना गरिएको थियो।
यस्तै तेस्रो त्रैमासमा पनि अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले कर्णाली विकास बैंक र सिन्धु विकास बैंकलाई कारबाही गरेको छ। कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले आर्थिक वर्ष २०७८–७९ मा तेस्रो पटकसम्म कारबाही गरेको हो। सो बैंकलाई दोस्रोपटक २० हजार ३५६.७८ रुपैयाँ र तेस्रोपटक २ हजार १६३.२६ रुपैयाँ नगद जरिवाना गरिएको थियो।
तेस्रो त्रैमाससम्म पुुग्दा सिन्धु विकास बैंक भने पहिलोपटक कारबाहीमा परेको थियो। बैंकलाई अनिवार्य नगद मौज्दात कायम नगरेबापत १७५.४६ रुपैयाँ पैसा जरिवाना गरिएको विभागले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago