काठमाण्डौ । बहुमूल पहेँलो धातु सुन कठिन समयमा काम आउँछ । यदि हामीलाई कुनै काम गर्न आर्थिक संकट भयो भने हामी आफूसँग सञ्चित सुन बेचेर वा धितो राखेर त्यसलाई समाधान गर्छौैं ।
कतिपय देशले सुनलाई रिजर्बका रुपमा राख्ने गरेका छन् । वल्र्ड गोल्ड काउन्सिलले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वमा सबैभन्दा धेरै सुन भण्डार गर्ने देशमा पहिलो नम्बरमा अमेरिका रहेको छ ।
अमेरिकाले ८ हजार १३३ टन सुन भण्डार गरेर राखेको छ । जसको मूल्य ३७३.४३ अर्ब डलर अर्थात् ४२ हजार ९४४.४५ अर्ब नेपाली रुपैयाँ रहेको छ ।
दोस्रोमा जर्मनी रहेको छ । जर्मनीले ३ हजार ३६९ टन सुन भण्डार गरेर राखेको छ । यसको मूल्य १५४.७१ अर्ब डलर (नेरु १७ हजार ७९१.६५ अर्ब) रहेको छ ।
यसैगरी बढी सुन भण्डार गर्ने देशहरुमा इटली, फ्रान्स र रुस क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । इटलीसँग २ हजार ८१४ टन, फ्रान्ससँग २ हजार ४३६ टन र रुससँग २ हजार १६८ टन सुन भण्डार रहेको छ ।
यसैगरी छैटौँ स्थानमा चीन, सातौँ स्थानमा स्विट्जरल्यान्ड, आठौँ स्थानमा जापान, नवौँ स्थानमा भारत र दसौँ स्थानमा नेदरल्यान्डस् रहेका छन् । यी देशहरुले क्रमशः १ हजार ९१६.३० टन, १ हजार ४० टन, ७६५.२० टन, ६१८.२० टन र ६१२.५० टन सुन भण्डार गरी राखेका छन् । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago