काठमाण्डौ । सन् २०२१ मा एप्पल विश्वकै सबैभन्दा उत्कृष्ट इनोभेटिभ कम्पनी बन्न सफल भएको छ।
बोस्टन कन्सल्टिङ ग्रुपले हालै सार्वजनिक गरेको इनोभेसन रिपोर्टअनुसार एप्पल विश्वकै सबैभन्दा उत्कृष्ट इनोभेटिभ कम्पनी बन्न सफल भएको छ।
बोस्टन कन्सल्टिङ ग्रुप सन् २०२१ का उत्कृष्ट ५० इनोभेटिभ कम्पनीको सूची सार्वजनिक गरेको छ। यो सूचीको दोस्रो स्थानमा गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट इंक पर्न सफल भएको छ। त्यसपछि तेस्रो नम्बर अमेजन र चौथो नम्बर माइक्रोसफ्ट कम्पनी रहेका छन्।
यो सूचीमा कोरोना खोप उत्पादन गर्ने कम्पनी फार्मा कम्पनी फाइजर दसौँ स्थानमा पर्न सफल भएको छ। उत्कृष्ट १० भित्र पर्न सफल फाइजर एकमात्र फार्मा कम्पनी हो।
इनोभेटिभ कम्पनीहरुको सूचीमा फाइजरबाहेक मोडर्ना र एस्ट्राजेने र मेडिकल कम्पनी जोन्सन एन्ड जोन्सन पनि समावेश छन्।
बोस्टन कन्सल्टिङ ग्रुपले विगत १५ वर्षदेखि विश्वका उत्कृष्ट इनोभेटिभ कम्पनीहरुको सूची जारी गर्दै आएको छ। पछिल्लो ७ वर्षदेखि भने यो सूचीमा टेक कम्पनीहरुको बाहुल्यता रहँदै आएको छ। – एजेन्सी
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago