काठमाण्डौ । भारतीय सेयर बजारमा राकेश झुनझुनवाला चिरपरिचित नाम हो। उनी ‘बिग बुल’ नामले पनि परिचित छन्। सेयर बजारमा लागेका धेरैले उनलाई आफ्नो आदर्शका रुपमा लिन्छन्। तर राकेश झुनझुनवाला सेयर बजारमा लगानीका टिप्स कहाँबाट सिके ? सायद कमैलाई थाहा होला।

यस विषयमा झुनझुनवाला आफैँले खुलासा गरेका छन्। उनले भनेका छन्, ‘मैले सेयर बजारमा लगानी गर्ने टिप्सहरु प्रायः राधाकृष्ण दमानी र रमेश दमानीबबाट सिकेको हुँ।’

कलेजको पढाइ छाडे

सन् १९५४ मा राजस्थानको बिकानेरमा जन्मे राधाकृष्ण डी–मार्टका संस्थापक हुन्। उनीहरु बिजनेस आइकन हुन्। सेयर बजारमा एक्सपर्टका रुपमा परिचित राधाकृष्णले कलेजको पढाइ भने पूरा गरेका छैनन्। 

गत वर्ष जुलाईसम्म राधाकृष्णको कुल सम्पत्ति १४ अर्ब डलर थियो। उनले एभेन्यू सुपरमार्ट नामक एउटा कम्पनी पनि सुरु गरेका छन्। 

सेयर बजारमा दिग्गज लगानीकर्ताका रुपमा रहेका राधाकृष्ण आरडीको नामबाट परिचित छन्। उनले युनाइटेड ब्रेभरेज, भीएसटी इन्डस्ट्रिजको हिस्सादारी पनि खरिद गरेका छन्। रेडिसन ब्लु रिसोर्ट मुम्बई उनको सम्पत्तिमा समावेश छ। 

बुवाको निधनपछि ब्रोकरेज

राधाकृष्ण मुम्बईस्थित एउटा साधारण फ्ल्याटमा जन्मे हुर्के। उनले मुम्बईस्थित एउटा कलेजमा कमर्शको पढाइ सुरु गरे तर पहिलो वर्षको परीक्षा दिएपछि पढाइ छाडे। उनी केवल ३२ वर्षको हुँदा उनका बुवाको निधन भयो। त्यसपछि उनले भाइको स्टक ब्रोकरिङको कारोबारमा आबद्ध हुन पुगे। 

राधाकृष्णको कारोबार

सबैभन्दा पहिले राधाकृष्णले बल बेरिङको कारोबार सुरु गरेका थिए। केही समयमै उनले यो कम्पनी बन्द गरे। सन् १९८९ मा उनले इन्भेस्टमेन्ट कम्पनी ब्राइटस्टार सुरु गरे। 

सन् १९९२ मा राधाकृष्ण भारतीय सेयर बजार नियामक सेबीबाट रजिस्टर्ड स्टक ब्रोकर बने। त्यसपछि उनले ब्रोकरेज कारोबारमा निकै प्रगति गरे। मल्टिब्यागर सेयर छिटै पहिचान गर्न उनी निकै खप्पिस थिए। उच्च गुणस्तरीय बिजनेज गर्ने कम्पनी पहिचान गरी सही मूल्यमा त्यस कम्पनीको सेयर खरिद गरी मुनाफा कमाउने रणनीतिका कारण राधाकृष्ण नै प्रख्यात छन्। 

राधाकृष्ण प्रख्यात सेयर लगानीकर्ता चन्द्रकान्त सन्पतबाट प्रभावित थिए। उनले हर्षद मेहताका पालामा सेयर बजारमा तीव्रता आउँदा निकै मुनाफा कमाउन सफलता हासिल गरे। 

डी–मार्टको स्थापना 

राधाकृष्णले सुपरमार्केट रिटेल चेन डी–मार्ट सुरुआत गरे। सन् २००२ मा डी–मार्टको पहिलो स्टोर खोलिएको थियो। डी–मार्टको उद्देश्य ग्राहकलाई सस्तोमा सामान उलब्ध गराउनु हो। पछिल्लो १५ वर्षमा राधाकृष्णले सुपरमार्केट चेनको सबैभन्दा लाभदायक mुड एन्ड ग्रोसरी रिटेलर बनाइदिए। देशभर यसको अहिले २०० भन्दा बढी स्टार छन्। 

सन् २०१७ मा डी–मार्टको सेयर बजारमा सूचीकृत भएको थियो। यो १०२ प्रतिशतको प्रिमियमा सूचीकृत भएको थियो। – एजेन्सी