काठमाण्डौ । एप्पल कम्पनीमा १० वर्षसम्म सीईओका रुपमा कार्यरत टिम कुकले सफलताको नयाँ शिखर चुमेका छन्। 

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सफलताको शिखरसम्म पुर्याउने स्टिभ बोल्मर र डेललाई पहिचान दिलाउने केभिन रोलिन्सजस्तै कुकले आफ्नो एक दशकको कार्यकालमा एप्पललाई २ ट्रिलियन डलरको कम्पनी बनाएका छन्। 

यो कम्पनी हाल विश्वकै मूल्यवान कम्पनी बनेको छ। अहिले एप्पलको बजार पुँजीकरण ३०४.२८ लाख करोड रुपैयाँ रहेको छ। यिनै कारणलाई कुकलाई विश्वकै सफल सीईओ मानिन्छ।

विश्वकै अन्य कुनै पनि कम्पनीका सीईओले कुकको जस्तो प्रदर्शन गरेका छैनन्। यहाँसम्म कमाइको मामिलामा पनि उनी अमजेनका सीईओ रहेका जेफ बेजोस र वारेन बफेटलाई पनि पछि पारेका छन्। उनको तलब वित्त वर्ष २०२०–२१ मा २६५ मिलियन डलर रहेको थियो। उनको आफ्नो सम्पत्ति १ अर्ब डलर बढी रहेको छ। 

कम्पनीप्रतिको समर्पण, विस्तार र संयमताकै कारण कुक एप्पललाई उचाइमा पुर्याए। कुकले भनेका छन्, ‘मैले सधैँ स्टिभ जब्सभन्दा फरक गर्ने कोसिस गरेँ र मैले सफलता प्राप्ता गरिरहेँ।’

एप्पल कम्पनीको गतिविधिलाई नजिकबाट हेर्दै आएका ह्यारेस डेडियुले टिम कुकको फरक सोच एप्पल कम्पनीका लागि निकै फाइदाजनक साबित भएको बताए। ‘कुकको सफलता सबैलाई प्रेरणाको स्रोत बन्न सक्छ’, उनले भने। – एजेन्सी