काठमाण्डौ । कोभिड महामारीसँगै विश्व सेयर बजारमा तीव्र उछाल आएको छ। महामारीका कारण अन्य क्षेत्रमा सुस्ताउँदा सेयर बजारमा लगानीकर्ताहरु झुम्मिएका छन्।
नेपालको सेयर बजारमा पनि कोभिड महामारीबीच निकै उछाल आएको छ। यद्यपि पछिल्लो केही सातादेखि भने नेपालको सेयर बजारमा लगातार गिरावट आइरहेको छ।
अहिले धेरैको चासोको विषय बनेको छ, सेयर बजार । स्वदेशीदेखि विदेशी सेयर बजारको अवस्थाबारे धेरैले जानकारी राख्न थालेका छन्।
विश्व सेयर बजारमा बजार पुँजीकरणको हिसाबले पहिलो नम्बरमा अमेरिकी बजार रहेको छ। अमेरिकी सेयर बजारको कुल बजार पुँजीकरण ५०.९९ ट्रिलियन डलर रहेको छ।
दोस्रो नम्बरमा चीनको बजार रहेको छ। चिनियाँ सेयर बजारको कुल बजार पुँजीकरण १२.४१ ट्रिलियन डलर रहेको छ।
यसैगरी ७.३७ ट्रिलियन डलरको बजार पुँजीकरणका साथ जापान तेस्रो नम्बरमा छ। चौथो नम्बर हङकङ सेयर बजार रहेको छ। यसको बजार पुँजीकरण ६.४१ ट्रिलियन डलर रहेको छ।
त्यस्तै कुल ३.६६ ट्रिलियन डलर बजार पुँजीकरणसहित बेलायत पाँचौँ नम्बरमा रहेको छ।
भारतीय सेयर बजार भने फ्रान्सलाई पछि पार्दै छैटौँ स्थानमा रहन सफल भएको छ। भारतको बजार पुँजीकरण ३.४५ ट्रिलियन डलर रहेको छ।
यसैगरी फ्रान्स सातौँ स्थानमा छ। फ्रान्सको सेयर बजारको कुल बजार पुँजीकरण ३.३९ ट्रिलियन डलर रहेको छ।
त्यसो त भारतीय सेयर बजारको विश्व बजारमा २.८९ प्रतिशत र चीनको १०.४३ प्रतिशत योगदान रहेको छ।
विश्वमा सर्वाधिक रिटर्न दिने सेयर बजारमा भारतको रहेको छ।
सेन्सेक्सले यो वर्ष १२.४६ प्रतिशत रिटर्न दिइसकेको छ। जब कि जापान र फिलिपिन्सको सेयर बजारले ११.१४ प्रतिशत रिटर्न दिएका छन्।
चीनको सेयर बजारले भने ६.१७ प्रतिशत र अमेरिकी बजारले ३.३३ प्रतिशतमात्र रिटर्न दिएका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19