काठमाण्डौ । सम्पूर्ण विश्व विगत २ वर्षदेखि कोरोना महामारीबाट गुज्रिरहेको छ। यो अवधिमा कोरोना महामारीले करोडौँ मानिसको वित्तीय अवस्था र रोजगारीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्यो। महामारीको चपेटाबाट सानादेखि लिएर ठूला देशहरु प्रभावित बने। तर यो दुई वर्षको अवधिमा विश्वका केही कम्पनीहरुको वृद्धिदर उत्साहप्रद रह्यो र उनीहरुको ‘मार्केट भ्यालु’ पहिलेको भन्दा बढी भएको छ।
महामारीको कठिन अवस्थालाई अवसरका रुपमा लिँदै सन् २०२१ मा सबैभन्दा धेरै आम्दानी गर्ने विश्वका कम्पनीहरु यस प्रकार रहेका छन्–
एप्पल
सन् २०२१ मा सबैभन्दा धेरै आम्दानी गर्ने कम्पनीको सूचीमा एप्पल पहिलो स्थानमा रहेको छ। आपूर्ति शृंखलामा देखिएको समस्या र कम्पनीको सबैभन्दा महत्वपूर्ण प्रडक्ट आईफोनको उत्पादनमा भएको अवरोधका बाबजुत पनि एप्पलले सन् २०२० को अगस्ट महिनासम्ममा आफ्नो बजार पुँजीकरण २ ट्रिलियन डलर पुर्याएको थियो। सन् २०२१ मा कम्पनीको बजार पुँजीकरण ३ ट्रिलियन डलर पुगेको छ। यस्तै सन् २०२१ मा बजार पुँजीकरणमा ६५९.८ बिलियन डलर थप्दै कम्पनीको सेयरमूल्य ३० प्रतिशतले वृद्धि भएको छ। सन् २०२१ मा ४०० बिलियन डलर बढी मूल्यका साथ कम्पनी विश्वको सबैभन्दा मूल्यवान कम्पनीका रुपमा रहेको छ।
माइक्रोसफ्ट
बिल गेट्सद्वारा स्थापित माइक्रोसफ्ट विगत केही वर्षदेखि क्लाउड टेक्नोलोजीमा केन्द्रित भएको छ। कोरोना महामारी कम्पनीका लागि फलदायी सिद्ध भएको छ। सन् २०२१ मा मात्रै कम्पनीको सेयरमूल्य ५० प्रतिशतले वृद्धि भएको छ। गत जुन महिनामा कम्पनीले पहिलोपटक २ ट्रिलियन डलरको बजार पुँजीकरणको कोशे ढुंगा पार गरेको थियो। यतिबेला कम्पनीले ३ ट्रिलियन डलर बजार पुँजीकरण भएको पहिलो कम्पनी बन्ने दौडमा एप्पललाई बलियो चुनौती दिइरहेको छ। सन् २०२१ को सुरुआतमा १.७ ट्रिलियन रहेको कम्पनीको बजार पुँजीकरण वर्षको अन्तिममा आइपुग्दा २.५ ट्रिलियन पुगेको छ।
अल्फाबेट
गुगलको माउ (प्यारेन्ट) कम्पनी अल्फाबेटको बजार पुँजीकरण दुई वर्षभन्दा कम अवधिमा १ ट्रिलियन डलरले बढेको छ। कम्पनीले सन् २०२१ को नोभेम्बरको सुरुवाततिर २ ट्रिलियन डलरको बजार पुँजीकरण पार गरेको छ। कम्पनीले सन् २०२० जनवरीमा १ ट्रिलियन डलरको बजार पुँजीकरण पार गरेको थियो। यो वर्ष कम्पनीको सेयरमूल्यमा ६५ प्रतिशतको बढोत्तरी आएको छ। त्यस्तै कम्पनीको पछिल्लो आम्दानी रिपोर्टमा विज्ञापनबाट हुने कमाई ४३ प्रतिशले वृद्धि भएको देखिएको छ। यो वृद्धिदर विश्लेषकहरुले अनुमान गरेभन्दा धेरै हो। महामारीका दौरान गुगलका डिजिटल प्रडक्ट तथा सेवाहरुमा मानिसहरुको निर्भरता बढेकाले कम्पनीको आम्दानी र सेयरमूल्यमा वृद्धि भएको हो।
अमेजन
सन् २०२१ मा अमेजनको सेयरमूल्यले उडान भरिरहेको छ। कम्पनीको सेयरमूल्य १७ प्रतिशतले वृद्धि भएको छ। वर्षको सुरुआतमा यो वृद्धिदर ६ प्रतिशतमा सीमित थियो। ग्राहकहरु विस्तारै स्टोरहरुमा फर्किन थालेसँगै र आपूर्ति शृंखलामा सीमितता आएपनि कम्पनी गत त्रैमासमा ११०.८ बिलियन डलर आम्दानी गर्न सफल भएको छ।
कम्पनीको पछिल्लो वित्तीय रिपोर्टमा अमेजन वेभ सर्भिसेस, विज्ञापन र प्राइम सब्सक्रिप्सनबाट हुने आयमा उल्लेख वृद्धि भएको देखिएको छ। वर्षको सुरुआतमा कम्पनीको बजार पुँजीकरण १.६ ट्रिलियन डलर थियो। अहिले यो वृद्धि भएर १.७ ट्रिलियन डलरको उचाइमा पुगेको छ।
टेस्ला
अघिल्लो वर्षको सेयरमूल्यको वृद्धिलाई टेस्लाले यो वर्ष पनि कायम राखेको छ। गत वर्ष कम्वनीको सेयरमूल्य ५ गुणाले बढेको थियो। सेयरमूल्यमा भएको वृद्धिसँगै टेस्लाका सीईओ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए। यो वर्ष कम्पनीको सेयरमूल्य ४६ प्रतिशतले वृद्धि भएको छ। यसै वर्ष कम्पनीले पहिलोपटक १ ट्रिलियन डलरको बजार पुँजीकरण पार गरेको छ।
यस्तै यसै वर्ष कम्पनीले टोयटाले उछिन्दै विश्वको सबैभन्दा धेरै बजार पुँजीकरण भएको अटो निर्माता बनेको छ। वर्षको सुरुवातमा कम्पनीको बजार पुँजीकरण ६७७.४ बिलियन डलर रहेकोमा अहिले १.१ ट्रिलियन डलर पुगेको छ।
मेटा
मेटा प्लेटफमए इंक (फेसबुक इंक) का लागि पनि यो वर्ष फलदायी रह्यो। कम्पनीले यो वर्ष १ ट्रिलियन डलर क्लबमा पहिलोपटक प्रवेश गर्यो। हजारौँ प्रयोगकर्ताको सूचना चुहिएको घटनाले कम्पनीको सेयरमूल्य केही हदसम्म प्रभावित बन्यो। यसको बाबजुत पनि फेसबुकले आफ्ना प्रयोकर्ताहरुलाई मोनिटाइन गर्ने अभियान जारी राखेको छ। यस्तै टिकटकसँग प्रतिष्पर्धा गर्नका लागि कम्पनी आफ्नो रिल्स् फिचरमा केन्द्रित भएको छ। वर्षको सुरुआतमा ७७८.२ बिलियन डलर रहेको कम्पनीको बजार पुँजीकरण वर्षको अन्त्यसम्म आइपुग्दा ९३२.६ बिलियन पुगेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago