काठमाण्डौ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीले १९ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्।
बीमा समितिका अनुसार चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्त)सम्म निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख ६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिमा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २ अर्ब ४३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै बीमाशुल्क आर्जनको हिसाबले दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
तेस्रो स्थानमा नेको इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ अर्ब ५८ करोड ३८ लाख ५० हजार रुपैयाँ कुुल बीमाशुल्क आर्जन गरेको छ।
१ अर्ब ३२ करोड ३४ लाख ७२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै सिद्धार्थ इन्स्योरेन्स चौथो स्थानमा छ। एनएलजी इन्स्योरेन्स १ अर्ब २० करोड ४ लाख ४२ हजार रुपैयाँ आर्जन गर्दै पाचौँ स्थानमा रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago