काठमाण्डौ । विश्वको सर्वाधिक धनीको सूचीमा टेस्ला कम्पनीका मालिक एलन मस्क पहिलो स्थानमा उक्लिएका छन्।

फोर्ब्सले आज सार्वजनिक गरेको २०२२ सूचीअनुसार एलन मस्क अर्बपतिहरुको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन्। उनको कुल सम्पत्ति २३९.३ बिलियन डलर पुगेको छ। उनको सम्पत्ति ३.३ बिलियन डलरले बढेको छ। 

यसैगरी सर्वाधिक धनाढ्यको सूचीमा बर्नार्ड अर्नल्ट दोस्रो स्थानमा उक्लिएका छन्। उनको सम्पत्ति २८४ बिलियन डलर रहेको छ। उनको सम्पत्ति पनि २८४ मिलियन डलरले बढेको छ। 

यसैगरी यसअघि पहिलो स्थानमा रहेका जेफ बेजोस तेस्रो स्थानमा झरेका छन्। उनको कुल सम्पत्ति १८७.३ मिलियन डलर रहेको छ। उनको सम्पत्ति ३.५ मिलियन डलरले बढेको छ। 

यो सूचीको चौथो स्थानमा बिल गेट्स रहेका छन्। उनको कुल सम्पत्ति १३२.६ बिलियन डलर रहेको छ। उनको सम्पत्ति पनि ९९७ मिलियन डलरले बढेको छ। 

पाँचौँ स्थानमा गुगलका ल्यारी पेज छन्। उनको कुल सम्पत्ति ११८ बिलियन डलर रहेको छ। उनको सम्पत्ति यो वर्ष १८७ मिलियन डलरले बढेको छ। 

यसैगरी वारेन बफेट ११६.१ बिलियन डलरका साथै छैटौँ, सर्जे ब्रिन १७७ बिलियन डलरका साथै सातौँ, ल्यारी इलिसन ११०.७ बिलियन डलरका साथै आठौँ, स्टिभ बलमेर ९७ बिलियन डलरका साथ नवौँ र मुकेश अम्बानी ९१.३ बिलियन डलरका साथ दसौँ स्थानमा छन्। 

पहिलोपटक फेसबुकका संस्थापक मार्क जुकरबर्ग शीर्ष १० बाट बाहिरिएका छन्। उनी १४ औँ स्थानमा झरेका छन्। उनको कुल सम्पत्ति ७८.७ बिलियन डलर रहेको छ। यो वर्ष उनको सम्पत्ति १.६ बिलियन डलरले घटेको छ।