काठमाण्डौ । 

१.निकी हेली, यूूएनका लागि अमेरिकी राजदूत


११ सेप्टेम्बरमा हेलीले संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा उत्तर कोरियामाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाइन् । यसबाट उत्तर कोरियाको तेल आयात सीमित हुनुको साथै उसको टेक्सटाइल निर्यातमा समेत प्रतिबन्ध लाग्यो । हेलीका अनुसार यो कदमबाट उत्तरकोरियाको निर्यातबाट हुने आम्दानीमा ९० प्रतिशतले कमी आयो । 

२.बबी कोटिक, सीइओ–एक्टिविजन ब्लीजार्ड


कोटिकले पहिलो सिटी बेस्ड प्रोफेशनल स्पोर्टस लिगको १२ वटा फ्रेञ्चाइजी बेचेर २४० मिलिनय डलर रकम जुटाए । यसबाट प्रतिस्पर्धीप्रति पारम्पारिक खेल दुनियाँको गम्भीरता पत्ता लाग्यो । 

३.मो. बिन सलमान, साउदी अरबका युवराज


साउदी अरबका युवराज मो. बिन सलमानले आफ्नो तागत बढाउन नोभेम्बर महिनामा आफ्नो ११ दाजुुभाई तथा दर्जनौ उच्च अधिकारी तथा उत्तिकै संख्यामा ठूला व्यापारीहरुको गिरफ्तारीको आदेश दिए । 

४.केन फ्रेजियर, सीइओ, मर्क


चर्लोट्सविलको बिषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विभाजनकारी भनाई पछि उनको अमेरिकन मैन्यूूफ्याक्चरिङ काउन्सिलबाट सबैभन्दा पहिला केन फ्रेजियरले राजीनामा दिएका थिए । प्छि यो समूहको विघटन नै भयो । 

५.लिली सिंह, यूट्यूव स्टार तथा लेखक


लिली सिंहले ‘हाउ टुु बी बाओज’ लेखेर आफैंलाई इन्टरनेट पर्सनालिटीबाट मिडिया साम्राज्ञीको रुपमा ट्रान्सफर्म गरिन् । उनको यो किताबले मई महिनामा न्यूूयोर्क टाइम्सको बिजिनेश बुक बेस्ट सेलरको सूचिमा नम्बर १ को स्थान पायो ।

६.मासायोशी सन, संस्थापक–सफ्टबैंक


सनले सबैभन्दा ठूलो टेक्नोलोजी इन्भेष्टमेन्ट फण्डका लागि ९३ अर्ब डलर जुटाए । यो पैसाले उनले भविष्यमा यातायात व्यवस्था, आर्टिफिसियल इन्टलीजेन्स, कनेक्टेड डिभाइसेज, स्याटालाइट्स, कम्प्युटर तथा मानिसबीचको एकीकरणका लागि काम गर्नेछन् । 

७.जिल सोलोवे र पेटी जेनकिङ्स


ट्रान्सपरेन्ट एड आई लव डिकका सर्जक तथा कार्यकारी निर्देशक सोलोवेले ट्रान्सपरेन्टका लागि ७ एडिसनल एमी नोमिनेशन पाइन् र २० ओरिजिनल सिरिज तथा फिचर फिल्मका लागि ऐमजन स्टूडियोहरुसँग तीन वर्षको सम्झौता समेत गरिन् ।

यस्तै, ‘वण्डर वुमन’की निर्देशक पेटी जेनकिङ्स स्टुडियो सुपरहिरो मुुभी बनाउने पहिलो महिला बनिन् । १० करोड डलर भन्दा बढी बजेट पार गर्ने बिषयमा दोश्रो नम्बरमा रहेकी जेनकिङ्सले अन्तर्राष्ट्रिय बक्स अफिसमा उस्तै दबदबा कायम गरिन् । वण्डर वुमनले ८२२ मिलियन डलर कमायो र हालसम्म पनि कमाइरहेकै छ । योसँगै उनले हालसम्म कुनै पनि महिला निर्देशकले बनाएको फिल्मले सबैभन्दा धेरै कमाएको यसअघिको रेकर्ड समेत तोडिदिइन् । 

८.सुसेन कलिन्स र लिजा मार्कोब्स्की


यी दुुईमध्ये कलिन्स अमेरिकाको मेन राज्यकी सिनेटर हुन् भने लिजा अलास्काकी सिनेटर । यी दुवै रिपब्लिकन सांसदले ओबामाकेयर बन्द गर्ने आफ्नै पार्टीको प्रयासको लगातार विरोध गरिरहे । यसबाट २ करोड २० लाख अमेरिकीहरुको स्वास्थ्य बिमामा मडारिरहेको बादल फाट्यो । 

९.डेभिड सिगल र जोन ओवरडेक, सहसंस्थापक–टूू सिग्मा


दुवैले कम्प्युटरबाट संचालित मात्रात्मक विश्लेषणको प्रयोगबाट ५० अर्ब डलरको पोर्टफोलियो बनाए, जुन सन् २०१६ को मई महिनामा ३५ अर्ब डलरमा सीमित थियो । दुवैले यो कमाल त्यसबेला गरेर देखाइदिए, जब जोन पाल्सन र पल ट्यूडर जोन्स जस्ता पारम्पारिक फण्ड म्यानेजरले निकै ठूलो नोक्सानी व्यहोर्नुपरिरहेको थियो ।

१०.योशिआकी कोइजुमी


निनटेण्डो नामको कम्पनीको इन्टरटेनमेन्ट प्लानिङ तथा एड डिपार्टमेन्टका जिएम योशिआकी कोइजुमीको पोर्टेबल गेमिङ ‘द स्वीच’ले इण्डस्ट्रीमै क्रान्ति ल्याइदियो । मार्चमा यो सिस्टमको लञ्चिङपछि निनटेण्डोको सेयरमा ९६ प्रतिशतको उछाल आयो ।